महामहिमको स्वागतका लागि सिंगारियो संसद भवन

२० बैशाख २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया
72 Shares

z’qmaf/ ck/fGx| /fi6«klt ljBfb]jL e08f/Laf6 cfj @)&^–&& sf] ;/sf/sf] gLlt tyf sfo{qmd k|:t’t x’g] ePkl5 gofF afg]Zj/l:yt emlsemsfp ;+3Lo ;+;b ejg . t:jL/ M /Tg >]i7, /f;; .

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रवार संसदमा सरकारका नीति तथा कार्यक्रम पेश गर्दैछिन् । अपराह्न ४ बजे बस्ने संघीय संसदको दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा) को बैठकमा राष्ट्रपति भण्डारीले सरकारका नीति तथा कार्यक्रम पेश गर्न लागेकी हुन् ।

राष्ट्रपतिको स्वागतका लागि वानेश्वरस्थित संसद भवन सिंगारिएको छ । राष्ट्रपति भण्डारीलाई संसद भवनमा प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना लगायतले स्वागत गर्नेछन् । राष्ट्रपतिको सम्बोधनभन्दा आधा घण्टा अगाडि सांसदलाई आ–आफ्नो स्थानमा आशनग्रहण गर्न भनिएको छ । राष्ट्रपतिका लागि सभामुखको आशनको दायाँपट्टि विशेष आशनको व्यवस्था गरिएको छ ।

राष्ट्रपतिले आशन ग्रहण गरेपछि प्रधानमन्त्रीले सरकारका नीति तथा कार्यक्रमको पुस्तिका राष्ट्रपतिलाई हस्तान्तरण गर्ने संसदीय प्रक्रिया छ । नीति तथा कार्यक्रम वाचन गरेपछि राष्ट्रपति भण्डारी संसदबाट बिदा हुनेछिन् । सरकारका नीति तथा कार्यक्रम प्रस्तुत गरेकोमा धन्यवाद प्रस्ताव पेश गर्न शुक्रवार नै दुवै सदनका छुट्टाछुट्टै बैठक बस्नेछन् । राष्ट्रिय सभाको बैठक साँझ साढे ५ बजे र प्रतिनिधि सभाको बैठक ६ बजेका लागि बोलाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया