ओलीको नयाँ नारा : समृद्ध दक्षिण एसिया, सुखी दक्षिण एसियाली

प्रकाशित मिति:

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानीमैत्री वातावरण भएको बताएका छन्। दक्षिण एसियाली उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरूसँग आज भएको अन्तरक्रिया कार्यक्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन्। प्रधानमन्त्री ओलीले नेपालले मात्र हैन दक्षिण एसियाले नै आर्थिक विकास र उन्नतिलाई प्राथमिकतमा राख्नुपर्ने बताए।

‘हामी समृद्ध दक्षिण एसिया र सुखी दक्षिण एसियाली देख्न चाहन्छौं,’ प्रधानमन्त्री ओलीले भने। प्रधानमन्त्री ओलीले यस क्षेत्रले समृद्धि हासिल गर्ने अहिले उपयुक्त समय भएको बताए। दक्षिण एसियामा नै युवा जनसंख्याको बाहुल्यता भएकोले यस्तो बेलामा विकासमाा फड्को मार्न सजिलो हुने प्रधानमन्त्री ओलीको धारणा छ।

प्रधानमन्त्री ओलीले वर्तमान सरकार सुशासन र विकासलाई महत्व दिएर अघि बढेको बताए। ‘हामीले सुशासन र विकासलाई महत्व दिएर अघि बढेका छौं,’ प्रधानमन्त्री ओलीले भने, ‘केही समय विभिन्न कारणले हामी पछि पर्‍यौं तर अब त्यो समय सकियो। हामी अघि बढ्छौं। ‘-नेपाललाइभ