समानान्तर समितिले कार्यालयमा पुन कांग्रेसको झण्डा र बोर्ड राखेपछी …

प्रकाशित मिति:

दमौली – नेपाली काग्रेस तनहुँको समानान्तर जिल्ला कार्य समितिले कार्यालयमा पुनःकांग्रेस पार्टीको झण्डा र बोर्ड राखेको छ । समानान्त कार्य समितिले शुक्रबार पार्टीको झण्डा र बोर्ड राखेका हुन ।यस अघि व्यास २ मालपोत लाइन स्थित समानान्तर कार्य समितिको कार्यालयबाट नेपाली काग्रेस तनहुँको संस्थापन पक्षले पार्टीको झण्डा र बोर्ड निकालि दिएको थियो । यता संस्थापन पक्षले समानान्तर कार्य समितिको कार्यालयबाट झण्डा र बोर्ड निकालि दिएको भन्दै समानान्तर कार्य समितिले संस्थापन पक्षका ४ जना विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।

उनीहरुलाई प्रकाउ गरी कार्वाही गर्नुपर्ने माग समानान्तर कार्य समितिको रहेको छ ।यता संस्थापन पक्षले भने अनाधिकृत रुपमा पार्टीको झण्डा र बोर्ड राखिएको हुँदा पार्टीले नै हटाएको जनाएको छ । साथै संस्थापन पक्षका कार्यकर्तालाई कार्वाही गरिएमा त्यसको कडा प्रतिकार गरिने नेपाली काग्रेस तनहुँका जिल्ला सचिव विश्व वास्तोलाले बताए । त्यस्तै सचिव बास्तोलाले पुन ः बोर्ड हटाउन प्रशासनलाई जानकारी गराउने अन्यथा पार्टीले हटाई दिने र त्यसको जिम्मेवारी प्रशासनले लिनुपर्ने बताएका छन् ।