चट्याङ् लागेर प्रतापपुर गाउँपालिका सदस्य सहित तिन जना गम्भीर घाईते ।

प्रकाशित मिति:

रबिन्द्र यादव/नवलपरासी पश्चिम –  शुक्रबार विहान करिव साढे ७ बजे चट्याङ् लागेर प्रतापपुर गाउँपालिका–६ कठहवामा एकै घरका तीन जना घाइते भएका हुन् ।
चट्याङ् लागेर ६० वर्षका गोबरी मिया, उहाँका धर्मपत्नी ५५ बर्ष कि सहिदुन नेशा र छोरा २५ बर्षका भुलही मिया घाइते हुनु भएको छ ।

विहान सात बजे घर नजिक उखु खेतमा ट्याक्टर ट्रालीमा उखु लोड गर्न गएका बेला हावाहुरी संगै पानी परेपछी ओत लागेर ट्राली तल बसेका बेला चट्याङ् परेको र एकै घरका तीन जना घाइते भएको गुठी परसौनी प्रहरी चौकी प्रमुख घनश्याम रिमालले जानकारी दिए । घटनास्थलमै एक बाख्रा मरेको प्रहरीले जनाएको छ । घाइते मध्ये सहिदुन नेशा गम्भीर घाइते भएको हुन । उनी प्रतापपुर गाउँपालिका सदस्य समेत रहेको जनाइएको छ । उनिहरुको भारत उत्तर प्रदेशको निचलौलमा उपचार भइरहेको छ ।