कम्युनिस्टहरूको अब चाँडै पत्तासाफ हुन्छ : कांग्रेस युवा नेताहरु

प्रकाशित मिति:

बुटवल – नेपाली कांग्रेसका नेताहरूले बुद्धभूमि कपिलवस्तुबाट कम्युनिस्टहरूको चाँडै पत्तासाफ हुने उद्घोष गरेका छन् । कपिलवस्तुका विभिन्न कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता गुरुराज घिमिरे, तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेत, महासचिव भुपेन्द्रजंग शाही, उपाध्यक्ष उत्तम चापागाईं लगायतका नेताले कम्युनिस्टको पत्तासाफ हुने दाबी गरे ।

कार्यक्रममा बोल्दै युवा नेताहरूले कम्युनिस्ट नेताहरूले चुनावका बेला ठूल्ठूला गफ दिएर जनतालाई झुक्याएका कारण आफैं पतन भएर जाने बताएका छन् । ‘चुनावमा गफ दिए, अहिले सबै भ्रष्टाचारमा डुबेका छन्,’ उनीहरूले भने, ‘शुद्ध खानेपानी नपाएर जनता मर्नुपरिरहेको छ ।

कार्यक्रममा कपिलवस्तु अध्यक्ष शक्तिसिंह ठकुरी, लमजुङ अध्यक्ष रमेश पाण्डे, क्षेत्रीय अध्यक्ष तिलक थापा, नेविसघ पूर्व केन्द्रीय सदस्य शैलेन्द्र घिमिरे लगायत युवा नेताहरूको सहभागिता रहेको थियो ।