गुल्मीको सिद्धबाबा माविमा भूकम्पमापन यन्त्र जडान

२० बैशाख २०७६, शुक्रबार ०   बिचार / प्रतिक्रिया


गुल्मी – गुल्मीको सिद्धबाबा माविमा भूकम्पमापन यन्त्र (सिस्मोमिटर) जडान गरिएको छ । शुक्रबार सिस्मोमिटर यनत्रको रेसुङ्गा नगरपालिकाक प्रमुख डिल्लीराज भुसालले उद्घाटन गरे । उनले यो उपकरणले सिद्धबाबालाई मात्रै नभएर भूकम्पको अवस्था, अध्ययन र जोखिमका बिषयमा सवैलाई फाइदा पुग्ने विश्वास व्यक्त गरे । स्विट्जरल्याण्डको लुजान विश्व विद्यालयमा नेपालमा भूकम्पको जोखिम विषयमा विद्यावारिधी गरिरहेका नेपाली वैज्ञानिक शिव सुवेदीको पहलमा विद्यालयमा सिस्मोमिटर जडान गरिएको विद्यालयका प्रधानाध्यापक डोरबिक्रम श्रीसले बताए ।

सुवेदीले भूकम्पपछि नेपालमा यन्त्र उपकरणसँगै यससम्बन्धी शिक्षालाई आवश्यकता अनुसार अगाडि बढाउन नसकिएको बताए । उनले अझै नेपालमा भूकम्पको जोखिमका विषयमा अध्ययन हुने कुरा शंकाको दृष्टिकोणले हेर्ने गरिएको बताए ।

रेसुङ्गा नगरपालिकाका मेयर, जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षकलगायतलाई उपकरणको प्रयोग र महत्वको बारेमा सुवेदीले जानकारी गराएका थिए । स्विट्जरल्याण्डमा रहेको युनिभर्सिटी अफ लोजानको सहयोगमा नेपालका विभिन्न २३ विद्यालयमा यो यन्त्र जडान गर्ने अभियान रहेको छ । यन्त्रले नेपालदेखि विदेशसम्मका एक म्याग्निच्युड भन्दा माथिका सबै भूकम्प मापन गरी विवरण सुरक्षित राख्छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • हरिनासमा आमा समुहको नवनिर्मित भवनको उद्घाटन
  • सुख्खानगर निवासी लक्ष्मी चारदिनदेखि बेपत्ता,खाेजी गरिदिन परिवारको अपिल
  • प्रधानमन्त्रि ओलीबाट देश र समाजको परिवर्तन सम्भव छैन :नेपाल
  • प्रधानमन्त्री कप क्रिकेट छनौटमा नवलपरासी र दाङ विजयी
  • पृथ्वी जयन्तीमा बुटवलमा बृहत्त र्याली हुने,राष्ट्रिय पर्वको रुपमा मनाउन आग्रह
  • मुक्तिनाथ लायन्स क्लब द्वारा विद्यार्थीहरुलाई न्यानो कपडा सहयोग
  • प्रगतिनगर सामुदायिक विद्युत सहकारीको चौथो साधारण सभा सम्पन्न
  • कुंवरवर्ती र नवज्योति छात्रा भलिबलको फाइनलमा
  • प्रधानमन्त्री संघयिता विरोधी हुन् : ठाकुर
  • भारतबाट मिचिएका नेपाली भुभाग फिर्ता गर्ने प्रधानमन्त्रिको दाबी