सिभिल लघुबित्त बित्तिय संस्था लिमिटेड द्वारा गुल्मिमा २ दिने च्याउ खेती तालिम सम्पन्न

प्रकाशित मिति:

मनोज कार्की / गुल्मी – गुल्मी जिल्ला उपल्लो तम्घास स्थित न्यु एभरग्रीन पार्टी प्यालेसमा च्याउ खेती सम्बन्धि २ दिने तालिम सम्पन्न भएको छ । गुल्मी जिल्ला रेसुङा नगरपालिक १० सिमिचौर स्थित सिभिल लघुबित्त बित्तिय सस्था लिमिटेडले गुल्मी जिल्ला र अर्घाखाँची १८ जना महिलालाई २ दिने तालिम दिइएको हो । गाउमै बसेर चुलो चौक्को मात्र नभइ महिला पनि आफ्नो जीवन यापन गर्नको लागि च्याउ खेती सम्बन्धि सिपले सजिलो होस भन्ने हेतुका साथ तालिमको आयोजना गरिएको सिभिल लघुबित्त बित्तिय सस्था लिमिटेड गुल्मी सिमिचौर शाखाका प्रमुख बिनोद पुडासैनीले बताउनु भयो ।

तालिममा सहभागी महिलाले पनि स्वदेशमै केही गर्न सकुन भनी बित्तिय सस्थाले बिना धितो सामुहिक जवानी बसि आबश्यक कर्जा चलाइ उक्त ब्याबसायिलाइ रकम ब्यब्स्था गर्ने गुल्मी शाखाका प्रमुख पुडासैनीले जानाकारी दिनुभयो । तालिम २ दिन सम्म संचालन रहेको र तालिम प्रभाबकारी भएको भन्दै अर्घाखाँची छत्रदेब गाउँ पालिका निबासी ३५ वार्षिय उषा दर्जिले सस्थालाइ धन्यवाद दिदै बिदाइ कार्यक्रममा खुसी ब्यक्त गर्नु भएको थियो । २ दिन सम्म सन्चालन भएको तालिममा सुरेश अधिकारी र नारायण प्रसाद लम्साल ले च्याउ खेती सम्बन्धि तालिमको प्रशिक्षण दिनुभएको थियो । नेपालमा रहेका ४१ शाखा मध्ये गुल्मिको तम्घासमा पहिलो पटक तालिम दिएको सस्थाका कर्मचारी पदम खड्काले बताउनु भयो ।

बैशाख २० गते तालिमको सम्पन्न दिन एक औपचारिक बिदाइ कार्यक्रम साथ कार्यक्रम समापन गरिएको थियो । समापन कार्यक्रमको प्रमुख अतिथि सिभिल लघुबित्त बित्तिय सस्था लिमिटेड केन्द्रीय कार्यलयका कर्मचारी मनोज दानि को रहेको थियो । दुई दिन सम्म संचालन भएको तालिममा च्याउ खेती कसरि उत्पादन गर्ने ,को कस्लाई खाना मिल्छ ,च्याउ खेतिका फाइदा र बेफाइदा के आर्थिक अबस्था कमजोर भएका ले पनि घरमै बसेर कसरी बनाउने लगात का विषयको बारेमा प्रशिक्षण दिइएको तालिमका प्रमुख प्रशिक्षक सुरेश अधिकारीले बताउनु भयो । तालिम २ दिन सम्म रेसुङा नगर पालिका ९ उपल्लो तम्घास न्यु एभर ग्रीन पार्टी प्यालेसमा सन्चालन भएको हो ।

थप समाचार