एभरेस्टमा गायन प्रतियोगिता सम्पन्न

प्रकाशित मिति:

बुटवल – सुख्खानगरमा रहेको एभरेष्ट इङलिस बोर्डिङ माबिको आयोजनामा गायन प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयले विद्यार्थीको आन्तरिक प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले आयोजना गरेको गायन प्रतियोगितामा कक्षा एलकेजीदेखि कक्षा ३ सम्मका विद्यार्थीहरु सहभागी भएका थिए । प्रतियोगितामा एलकेजीबाट प्रमिशा पन्थी, विश्व बराल र एरिका बराल प्रथम, द्वितीय र तृतीय भएका छन् ।

यसै गरी युकेजीबाट सोयन रावल, अग्रीम पाण्डे र निशेष बाबु कार्की प्रथम, द्वितीय र तृतीय भएका छन् । कक्षा १ बाट बिजिता न्यौपाने, प्रज्वल आचार्य र शैलेश श्रेष्ठ प्रथम, द्वितीय र तृतीय भएका छन् । कक्षा २ बाट भने मयेक गुप्ता, सक्क्षम खराल र विपाश्वी बस्नेत प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका छन् भने रिदम न्यौपाने, ब्लेश सुवेदी र आयुष घिमिरले कक्षा ३ बाट प्रथम, द्वितीय र तृतीय भएका छन् ।  त्यसैगरी कक्षा ४ देखि ९ सम्मको हाजिरीजवाफ र चित्रकला प्रतियोगिताको छनौट कार्यक्रम पनि शुक्रबारनै सम्पन्न भएको बिद्यालयका सहायक प्राचार्य भिमसेन गौतमले जानकारी दिनु भयो ।