सहकारी ऐन विषयक गोष्टी बुटवलमा सम्पन्न

प्रकाशित मिति:

प्रदेश सरकारले सहकारी लगायत विभिन्न कानुन बनाउन लागि रहेको अवस्थामा आज बुटवलमा सहकारी ऐन विषयक एक दिने गोष्ठीको आयोजना गरिएको छ । । सहकारीलाई थप व्यवस्थित र मर्यादित बनाउन वैज्ञानिक सहकारी ऐन आवश्यक रहेको सहभागिहरुले बताएका छन् ।
बुटवलमा सञ्चालित फेवा सहकारीले ११ औं वार्षिकउत्सवको अवसरमा सहकारी ऐन विषयक गोष्ठीको आयोजना गरेको हो । सोही कार्यक्रममा बोल्दै अर्थ उद्योग तथा पर्यटन समितिका सभापति दधिराम न्यौपानेले सरकारप्रति नकारात्मक भ्रम सिर्जना गर्ने काम भएको बताउनुभयो । उहाँले जनतालाई अधिकार दिनेगरी बनेको सरकार निरंकुश बन्न नसक्ने र अधिनायकबाद तर्फपनि नजाने बताउनुभयो ।

सरकार निरंकुश बने आफुहरुले नै सरकारका बिरुद्व खबरदारीका साथ आन्दोलनमा उत्रने बताउनुभयो । उहाले संविधानले परिकल्पना गरे अनुसार समाजलाई परिवर्तन गर्नुपर्ने बताउंदै सरकार परिवर्तनको पक्षमा उभिएको बताउनुभयो ।

उहाँले गणतन्त्रलाई  संस्थागत गर्न र देशको आर्थिक सम्वृद्विका लागि सबै एकतावद्व हुनुपर्ने बताउनुभयो । मुख्यमन्त्री कार्यालयका उपसचिव नारायणप्रसाद ज्ञवालीले सहकारीको लगानीलाई उत्पादनमूलक क्षेत्रमा लगानी गरेर हरेक नागरिकलाई आत्मनिर्भर बनाउन सकिने बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय सहकारी वैंकका प्रवन्धक नरेश पाण्डे, जीवलाल भट्टराई, थम्मन बुढा लगायतले बोलेका थिए ।सहकारीका अध्यक्ष प्रेम गुरुङको अध्यक्षतामा कार्यक्रम भएको थियो ।