भिरबाट लडेर गुल्मीमा एकजनाको मृत्यु

प्रकाशित मिति:

गुल्मी-गुल्मीमा भिरबाट लडेर एकजनाको मुत्यु भएको छ । गुल्मी दरबार गाउँपालिका ४ बिरवासका ४४ वर्षीय चेतराम चुडाली रहेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ ।चुदाली बिहीबारदेखि घरको सम्पर्कमा नभएको र स्थानीय थुम्काको भिरबाट लडेर मृत अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।

उनको शव शुक्रबार दिउँसो फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।