लमही र भालुवाङका बीचमा प्रदेश राजधानी उपयुक्त – दीपक गिरी

प्रकाशित मिति:

लिलाधर वली,दाङ, नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री दीपक गिरीले ५ नं। प्रदेशको स्थायी राजधानी दाङको लमही र भालुवाङको बीचमा तोक्दा उपयुक्त हुने बताएका छन् । नेपाल प्रेस यूनियन दाङले विहीवार घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उलने सबैलाई पायक पर्ने स्थान भालुवाङ र लमहीको बीच नै हुने दाबी गरे । त्यो भूभाग पूर्वी रुकुमदेखि बर्दियालगाएत प्रदेशका १२ वटै जिल्लाकै सेन्टरमा पर्ने हुँदा सहज हुने नेता गिरीको तर्क छ ।

संघीयताको मर्म विपरित एउटा कुनोमा अस्थायी राजधानी तोकिएको भएपनि अब प्रदेशसभाले तत्काल स्थायी राजधानी तोक्न ढिला गर्न नहुने उनको भनाई थियो । उनले राजधानी तोक्न दुई तिहाई बहुमतको सरकारलाई के कारणले समस्या भएको हो रु भन्ने प्रश्न सोधेका थिए ।

सरकारले केही गर्न सकेन
फरक प्रशंगमा केन्द्रीय सदस्य गिरीले केपी ओली नेतृत्वको सरकार पुरै अलमलिएको बताए । पूर्व मन्त्री समेत रहेका नेता गिरीले ओली नेतृत्वको सरकारले कुनै कुरापनि ठिक ढंगले संहाल्न नसकेको दोषारोपन गरेका हुन । वर्तमान दुई तिहाई बहुमतको सरकार काण्डै काण्डले भरिएको उनले बताए । ‘बालुवाटार काण्ड भन्ने हो कि वाईड बढी काण्ड, ३३ केजी सुन काण्ड भन्ने कि निर्मला हत्या काण्ड सबै काण्ड काण्डले यो सरकार भरिएको छ,’ नेता गिरीले भने । सरकारले राष्ट्रले के खोजिरहेको कुरा निर्धारण गर्न नसकेको तथा कसैलाई पनि राम्रो संग संहाल्न नसकेर सरकार अलमलिएको नेता गिरीको तर्क गरे । राष्ट्रिय आवश्यकता निर्धारण गर्न सरकारले नसकेको तथा जनजीविकाको सवालमा सरकार गम्भीर बन्न नसकेको उनले आरोप लगाएत । ‘पानी जहाँज र रेलका कुरा गर्नु ठिक बेठिक हैन तर त्यो भन्दा पहिला जनताका आधारभुत आवश्यकता पुरा गर्न लाग्नुहोस,’ नेता गिरीले भने ।उनले यस्तै अवस्था कायमै रहे बाध्य भएर प्रतिपक्षले औंला ठड्याउनु पर्ने अवस्था सृजना भएको बताए । बालुवाटा जग्गा काण्डमा प्रधानमन्त्री ओली स्वएंवले नेकपाका महासचिव विष्णु पौडेलाई चोख्याउन र जोगाउन खोज्नु गलत भएको नेता गिरीले बताए । एकातिर पौडेल निर्दोश रहेको र पौडेलाई फसाइएको भन्ने प्रधानमन्त्री ओलीले अर्कौ तर्फ बालुवाटारको जग्गा रोक्का गर्नुले प्रधानमन्त्रीको चरित्र उदांगो भएको काँग्रेस नेता गिरीको धारणा थियो । निर्मला हत्या काण्ड कहाँ र किन हरायो भन्ने प्रश्न गरेका नेता गिरीले अब सरकार कै निर्देशनमा निर्मला हत्या काण्ड ओझेलमा पारिएको आरोप लगाए । सरकार प्रेस जगत र न्यायालय समेतलाई कुन्ठित पार्ने गरि अगाडि बढ्न खोजेको भन्दै उनले आपत्ति जनाए ।

निर्माणाधिन सडक प्रदेशमा राख्दा काम अलपत्र
नेता गिरीले अहिलेको सरकारले विकास निर्माणको सवालमा केही गर्न नसकेको दाबी गरे । ‘हाल जिल्लामा जति विकास भइरहेका छन् ती सबै हामीले ल्याएका योजना हुन त्यो बाहेक अहिलेको सरकारले ल्याएको योजना खै त,’ प्रश्न गर्दै गिरीले भने ‘सरकाले जिल्लाका निर्माणाधिन सडकका योजना प्रदेश मातहतमा राख्दा सबै काम ठप्प भएको छ ।’ उनले नेकपाका महासचिव विष्णु पौडेलले घोराही स्थित स्वास्थ्य विज्ञान प्रतिष्ठान बुटवल भैरवालमा लैजान खोजको भन्दै कुनैपनि हालतमा दाङको अधिार खोस्न नदिने दृढता व्यक्त गरे ।त्यस्तै नेता गिरीले हाल कम्युनिष्टका नेता कार्यकर्ता जसरी पनि पैंशा कमाउन तल्लिन रहेको दाबी लगाए । उनीहरुले विद्यालयका जग्गा र सार्वजनिक जग्गा माथि आँखा गाडेको बताए । आश्थाका आधारमा प्रशासनलाई मुठ्ठीमा राख्नेदेखि आश्थाकै आधारमा सेवाग्राहीलाई भेदभाव गर्ने गरेको आरोप लगाए ।

अनुमति नपाएको विमानले उडान गर्दै आएको छ
उनले घोराही १० मा निर्माण हुने भनेको अन्तराष्ट्रिय विमानस्थल निर्माण गर्न र टरिगाउँ एयरपोर्टलाई स्तरिय एरपोर्टको रुपमा विकास गरेर देखाउन आग्रह गर्दै त्यसमा आफुले सघाउने धारणा राखे ।काँग्रेस केन्द्रीय सदस्य गिरीले विश्वमा असुरक्षित रहेको चिनियाँ विमानलाई दाङमा उडान भर्न दिनु गलत भएको बताएका छन् ।हवाइ उडानबारे हेर्ने अन्तराष्ट्रिय संस्थाले चीनसंग नेपालले किनेको चिनिया विमानहरू असुरक्षित भएको दाबी गर्दै ती विमानलाई अन्तराष्ट्रिय संस्थाले उडानको अधिकार नदिएको बताए । ‘चिनिया विमान उडाएकै कारण नेपाल कालोसूचिमा परेको छ,’ नेत गिरीले भने ती विमानहरू दुर्घटना भएमा त्यसको जिम्मा लिने भन्ने चिन्ता जाहेर गरे।निकट भविस्यमै हुने जनजागरण अभियानले पार्टीलाई सदृढीकरण गर्ने मात्रै नभई जनताको धारणा बुझ्ने र उनीहरको अधिकारको बारेमा वकालत गर्नको लागि भएको नेता गिरीले बताए ।नेपाल प्रेय यूनियन दाङका अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षतामा भएको कार्यक्रम उपाध्यक्ष नारायण खड्काको स्वागत मनतव्य वाट सुरु भएको थियो । कार्यक्रमको सहजीकरण सचिव आरके सितलले गरेका थिए ।(फरककोण अँनलाईन बाट साभार )