नेजाको साधारणसभाको तयारी पुरा

प्रकाशित मिति:

टेक्सस । नेपाल अमेरिका पत्रकार संघ ९नेजा०को १३ औं साधारणसभा मे ४ भोली शनिवारवाट टेक्ससको डलास शहरमा हुने भएको छ । साधारणसभाको अवसरलाई दुई चरणमा बाडिएको छ । साधारणसभाको उद्घाटन तथा बन्द सत्रको कार्यक्रमलाई एक चरण तथा अर्को चरण मिडिया शेसन र नेजा–एनआरएनए अमेरिका वहस कार्यक्रम रहेको छ । मे ४ को कार्यक्रम उद्घाटन र बन्द सत्रमा केन्द्रीत रहने छ भने मे ५ आइवारको कार्यक्रम नेजा–एनआरएनए अमेरिका बहस तथा मिडिया शेसनमा केन्द्रीत रहनेछ । नेपाल अमेरिका पत्रकार संघको कार्यसमिति वैठकले मे ४ र ५ मा डलासमा हुने १३ औं साधारणसभा गर्ने निर्णय गर्दै त्यसका लागि उपाध्यक्ष विकास राज न्यौपानेको संयोजकत्वमा मुल आयोजक समिति बनाएको थियो । सो मुल आयोजक समितिमा टेक्ससमा बस्ने कार्यसमितिमा रहेका सचिव सुरज भण्डारी सह–संयोजक तथा सदस्यहरुमा मध्य क्षेत्रका क्ष्ँेत्रीय संयोजक रामचन्द्र भट्ट र कार्यसमिति सदस्य शेर के।सी। सदस्य रहने गरी त्यसलाई पूर्णता दिइएको थियो ।
सो मुल आयोजक समितिले टेक्ससमा रहने पत्रकार संचारकर्मीहरुको भेला गरी मुल आयोजक समितिलाई सघाउन विभिन्न उपसमितिहरु बनाएको थियो ।

साधारणसभामा अमेरिका तथा क्यानडामा रहनुहुने संघका सदस्य तथा अग्रज पत्रकारहरुको सहभागिता रहने र आउने क्रम सुरु भैसकेकोसंघका उपाध्यक्ष तथा मुल आयोजक समितिका संयोजक विकास राज न्यौपानेले जानकारी दिनुभएको छ ।
मे ४ का दिन दिउ“सो ५ बजे स्थानीय हिल्टन गार्डेन इन्टरनेशनल होटलको सभाहलमा साधारणसभाको उद्घाटन कार्यक्रम राखिएको छ । उद्घाटन कार्यक्रमको अवसरमा नेजा सामुदायिक पत्रकारिता पुरस्कार वितरण देखि नेजालाई विभिन्न क्ष्ँेत्रवाट सहयोग पु¥याउनुहुने व्यक्तित्वहरुलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको छ । उद्घाटन कार्यक्रममा सदस्य तथा अग्रज पत्रकारहरु, नेपाल सरकार कुटनितिक निकायका अधिकारीहरु, गैर आवासीय नेपाली संघका विभिन्न तह र तप्काका पदाधिकारीहरु, सामुदायिक संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहनेछ ।

साधारणसभाको उद्घाटन लगत्तैं बन्द सत्रको कार्यक्रम संचालन हुनेछ । अर्को दिन मे ५ , आइतवार दिउ“सो ५ बजे देखि प्रवासमा नेपाली पत्रकारिताको विषयमा अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरिएको नेजाका मध्य क्षेत्रका क्ष्ँेत्रीय संयोजक रामचन्द्र भट्टले बताउनुभएको छ ।
अन्तरक्रियामा विभिन्न विषयमाथि रहेर किशोर नेपाल, गिरिश पोखरेल, राजेश मिश्र, विजय घिमिरेले आफ्नो धारणा राख्नुहुने क्ष्ँेत्रीय संयोजक भट्टले जानकारी दिनुभयो ।
नेपाली समुदायसगैं रहेर अघि बढिरहेको नेजाले आफ्नो साधारणसभा तथा अधिवेशन अमेरिकाको विभिन्न राज्यका शहरहरुमा गर्दै आइरहेको छ । १२ औं साधारणसभा तथा छैठौं अधिवेशन वासिङटन राज्यको शियाटलमा सम्पन्न गरेको नेजाले १३ औं साधारणसभाका लागि टेक्ससको डलास शहरलाई रोजेको हो । यसैबीच, विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेजा अध्यक्ष्ँ सुदीप पन्तले सम्पूर्णमा शुभकामना व्यक्त गर्नुभएको छ । प्रेस स्वतन्त्रतासगैं जिम्मेवार पत्रकारिता गर्न पनि उहाले आग्रह गर्नुभएको छ ।

सुरज भण्डारी
सचिव
नेपाल अमेरिका पत्रकार संघ नेजा