रुद्रपुर सामुदायिक बनको प्रथम परिषद भेला सम्पन्न

प्रकाशित मिति:

रुपन्देही -रुद्रपुर सामुदायिक वन उपभोक्ता समूह कन्चन ४ रुपन्देहीको आज प्रथम परिषद सदस्य भेला भएको छ । धेरै लामो समयको छलफल र भेलाबाट रुद्रपुर सामुदायिक बनको संशोधित विधानको परिषद मुखी प्रक्रियाबाट साधारण सभा गरिएको हो। सो भेलाका लागि साबिकका वडा वडाबाट परिषद सद्स्य चुनिएको थियो । कंचन गाउँपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीको प्रमुख आतिथ्यता, गाउँपालिका उपाध्यक्ष गोमा तरामु र कन्चन सब डिभिजनल वन कार्यलयका सहायक वन अधिकृत धनिश्वर न्यौपानेको विशिस्ट आतिथ्यता सम्पन्न भएको सभामा विभिन्न राजनैतिक दल, कार्यपालिकाका सद्स्यहरु, वडासदस्य लगायतको उपस्थितिमा कार्यक्रम भएको हो ।

निर्वाचन समितीका संयोजक रबिन्द्र सुवेदीले निर्वाचित सद्स्यहरुको नामावली प्रस्तुत गर्नुभएको थियोे भने आज भएको प्रथम परिषद सद्स्य भेलामा प्रत्येक वडाबाट निर्वाचित १७० परिषद सद्स्यहरु र १७ जना मनोनीत परिषद सदस्यहरुलाई सपथ ग्रहण गराउनुका साथै प्रमाणपत्र वितरण समेत गरिएको थियो ।रुद्रपुर सामुदायिक वन उपभोक्ता समुहको प्रथम परिषद भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथी तथा गाउँपालिका अध्यक्ष क्षेत्रीले १८७ जना परिषद सदस्यको महत्वपूर्ण भुमिका रहने हुँदा हामी सबै स्वस्थ रहने माध्यम भनेकै वन भएको हुँदा हरियाली वन जोगाउनै पर्ने बताउनुभएको छ ।

यस्तै क्षेत्रीले कन्चनलाई समृद्ध बनाउन यस क्षेत्रको प्राकृतिक सम्पदा र भौतिक सम्पदाको विकास गर्दै लुम्बिनीमा आउने पर्यटकलाई यहाँसम्म ल्याउन सकिने हुँदा विकासको पाटोमा गाउँपालिकाले कहिँ कतै कसैसँग गलत सम्झौता नगर्ने बताउँदै बुटा ढलाउने मात्र नभई बृक्षारोपण गर्दै सबै मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको छ साथै उहाँले अब सामुदायिक वनहरुले आफू एक्लैको निर्णयबाट काम नगरेर गाउँपालिका संग सहकार्य गर्दै अगाडि बढ्न आग्रह गर्दै समस्या समाधान र विकासमा गाउँपालिका सधैं हातेमालो गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गर्नुभएको छ।कार्यक्रममा सब डिभिजनका सहायक वन अधिकृत धनिश्वर न्यौपानेले हरेक विकासका कार्यमा सहकार्य गर्दै आएको यस वनले आगामी दिनमा कानुन सम्बत र स्वच्छ ढंगबाट थप प्रगती गर्दै जानेमा विस्वास व्यक्त गर्नुभएको थियो । यस्तै सामुदायिक वन उपभोक्ता महासंघ रुपन्देहीका अध्यक्ष दिनानाथ आचार्यले वनको काम गर्दा धेरै चुनौती रहेकाले राम्रो टिम निर्माण भै स्वरोजगार सृजना गर्न लाग्नुपर्ने बताउनु भएको छ । वडा न ५ का अध्यक्ष कृष्ण प्रसाद अधिकारी, वडा न ४ का वडाध्यक्ष दुर्गासिह क्षेत्री,नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० कञ्चनका भरतमणि सापकोटा, नेपाली कङ्रेस कन्चनका सभापति यम बहादुर क्षेत्री, कार्यपालिका सद्स्य लक्ष्मी परियार, राष्ट्रिय जनमोर्चाका लिलाराम खनाल, बनका पुर्व अध्यक्ष लक्ष्मिकान्त पौडेल, कंचन ५ का हस्त बहादुर सावर लगायतले निर्वाचित सबैलाई बधाई तथा शुभकामना दिदै आगामी दिनमा यस वन उपभोक्ता समूहले उल्लेख्य काम गर्नुका साथै बनको उन्नति, समृद्धि सगै बनलाई सबै मिलेर जोगाउनु पर्नेमा जोड दिनुभएको छ ।कार्यक्रममा अध्यक्ष प्रेमचन्द्र पोख्रेलद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन माथी छलफल गरिएको थियो । रुद्रपुर सामुदायिक वनको आयब्यय १ करोड ३४ लाख १० हजार ९२ रुपैयाँ बराबरको रहेको छ भने बचतमा ३२ लाख ५० हजार रहेको बताइएको छ । कार्यक्रममा उपाध्यक्ष भिम बहादुर थापाको स्वागत तथा कार्यलय सचीव तुल्सी प्रसाद अधिकारीको संचालन रहेको थियो ।अर्को परिषद भेलाबाट नयाँ कार्यकारी समिती गठन गर्ने निर्णय भएको हुँदा नयाँ कार्यसमिति चयन नहुदा सम्म पुरानै कार्यसमितिले कार्य गर्ने भनी आज भएको परिषद भेलाले निर्णय समेत गरेको छ ।