शिवलिङ्गको प्रादुर्भाव र चतुर्दशी तिथिको महत्व

प्रकाशित मिति:

शिवलिङ्गको प्रादुर्भाव चतुर्दशी तिथिको दिन भएको थियो सृष्टिको प्रारंभमा यसै दिन मध्यरात्रिकालमा भगवान् शंकर ब्रह्माबाट रुद्रका रूपमा अवतरण भएका थिए  यो समस्त श्रिश्टिको रचना फाल्गुन कृष्ण पक्ष चतुर्दशी तिथिको दिन भएको थियो सनातनी हिन्दु परम्परामा एक बर्षमा चारवटा रात्री मनाइन्छ १ यो पर्व कालरात्री बडा दशैं , मोहरात्री कृष्ण जन्माष्टमी सुखरात्री लक्ष्मी पूजा झैँ शिवरात्री भनि मनाउनु पर्ने कारण के हो भने ईशान संहिता अनुसार यसै फाल्गुण कृष्ण चतुर्दशीको तिथिको मध्य रातमा निराकार ब्रह्म स्वरुप शिवलिंगको प्रतीक भै यस लोकमा अवतरित भएका थिए तथा यसै दिन प्रदोष कालमा भगवान शिवले ताण्डव गर्दै ब्रह्माण्डलाई तेस्रो नेत्रको ज्वालाबाट समाप्त गर्नेछन भन्ने मान्यता ईशान संहितामा उल्लेखित छ
ईशान संहिता अनुसार महा शिवरात्रीकै दिन ब्रह्मा र विष्णु स्वरुप अगाडी अत्यन्त प्रकाशवान आकार प्रकट भएको थियो १ यसै दिन भगवान शिव र आदि शक्तिको बिहे हिमालय पर्वतमा भएको थियो १ यसैदिन भगवान शिवले ताण्डव र भगवतीले  लास्यनृत्य  गर्दा ती दुइको समन्वयले यस काश्यपी शृष्टिको सन्तुलन बन्न सकेको हो भगवतीको लास्यनृत्य नभएको भए शिवजीको ताण्डव नृत्यको कारण यो श्रिश्टी खण्ड खण्ड हुन् सक्थ्यो  शिव रात्रिकै दिन समुन्द्र मन्थन गरिएको थियो  समुन्द्र मन्थनबाट निस्किएको कालकुट बिष शिवजीले आजकै दिन ब्रह्माण्डको रक्षाकोलागि पिएका थिए त्यो बिष पिउदा घांटी निलो हुनपुगेकोले उनलाई उक्त दिनदेखिनै निलकन्ठ भनिन थालियो