गोली हानी युवकको हत्या

प्रकाशित मिति:

धनुषामा गोली प्रहार गरी एकजनाको हत्या भएको छ । धनुषाको कमला नगरपालिका ८ बस्ने अन्दाजी २५ वर्षिया राजेश यादवको गोली प्रहार गरी हत्या भएको हो ।
यादवको शव जनकनन्दनी गाउँपालिका इनर्वास्थित रेल्वे स्टेशन छेउमा आज बिहान फेला परेको थियो । रेल्वे लिकको छेउमा यादवको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर  गरेका थिए ।

यादवको शरीरमा ३र४ गोली प्रहार गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । यादवको टाउको र पेटमा गोली लागेको छ ।घटनास्थलबाट कटुवा पेस्तोल १ थान, ३ थान गोलीको खोका र एउटा मोटरसाइकल फेला परेको धनुषाका प्रहरी प्रमुख गोविन्द थपलियाले बताए । हत्या गरिएका यादव यसअघि केही आपराधिक गतिविधिहरुमा संलग्न प्रहरीको भनाइ छ ।