नैतिकताका आधारमा पार्टी महासचिव पदबाट पौडेलले राजिनामा दिनुपर्छ : युवराज गिरी

प्रकाशित मिति:

बुटवल – नेकपाका महासचिव बिष्णु पौडेलसंग गत प्रतिनिधिसभाको निर्वाचनका निकतम प्रतिद्धन्दी युवराज गिरीले पौडेललाई नैतिकताका आधारमा पार्टी महासचिव पदबाट राजिनामा दिन र मतदातासंग माफि माग्न सुझाव दिनु भएको छ । पौडेल निर्वाचित रुपन्देहीको क्षेत्र नम्वर २ अन्र्तगत नेपाली कांग्रेसबाट गत निर्वाचनमा प्रतिष्पर्धा गरेका प्रदेश सभाका उम्मेद्धारहरु महेशमान सिंह र काजीमान श्रेष्ठ, बुटवल उपमहानगरपालिमा नगरप्रमुखका उम्मेद्धार खेलराज पाण्डे, सैनामैना नगरपालिकामा नगर प्रमुखका उम्मेद्धार फणिन्द्र शर्मा र तिलोत्तमा नगरपालिकामा नगरप्रमुखका उम्मेद्धार रामकृष्ण खाणलाई साथमा राखि आज बिहान बुटवलमा पत्रकार सम्मेलन गरी गिरीले पौडेललाई अझैपनि राजनीतिक नैतिकता भए राजिनामा दिन सुझाव दिनु भएको हो ।

पत्रकार सम्मेलनमा बितरीत प्रेस बिज्ञप्ति

आदरणीय पत्रकार मित्रहरु
रुपन्देही जिल्ला निर्वाचन क्षेत्र नं २ का हामी आम नागरिकहरु हाम्रा आना जनप्रतिनिधीहरु असल, इमा्न्दार, लगनशिल, कक्र्तव्यनिष्ठ, सद्चरित्रवान, निष्कपट र निष्कलंक सेवकका रुपमा रहुन भन्ने चाहन्छौं । जसले जनताका यावत समस्या समाधान गर्दै राष्ट्रसेवामा आफुलाई अव्वल सावित गरुन भन्ने हाम्रो पवित्र भावना रहेको छ ।

तर आज यहांका आम नागरिकको भावना र चाहनालाई पुरा गर्न पहल गर्नुको सट्टा हाम्रा संघिय संसदका सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलजीले जन अभिमतलाई अपमानित गर्दै निहित व्यक्तिगत स्वार्थका लागि प्रधानमन्त्री निवास बालुवाटारमा रहेको सरकारी जग्गालाई भूमाफिया र दलालहरुसंग मिली विचौलियाका रुपमा सरकारी कार्यालयहरुमा दवाव दिदंै कागजात तयार गरी तत्कालिन प्रधानमन्त्री माधव कुमार नेपालको मन्त्रीपरिषदबाट २०६६ चैत्र २९ गते ललिता निवासको ११४ रोपनी जग्गा भूमाफिया रामकुमार सुवेदी, डा. शोभाकान्त ढकाल र भाटभटेनी सुपरमार्केटका संचालक मीन बहादुर गुरु¨को नाममा जानेगरी नक्कली मोही खडा गरी जग्गा दर्ता प्रकृया खुल्ला गर्न सफल भएका थिए । आनो पदिय मर्यादा र गरिमालाई प्रयोग गरी यस्तो काम गर्नु आफैमा गलत छ । तेतिले मात्र नपुगी भूमाफियासंग मिलोमतो गरी अर्वाैंको सरकारी जग्गामा करौंडोको भ्रष्टाचार गर्दै नजराना स्वरुप आना छोरा नविन पौडेलका नाममा आठ आना जग्गा दर्ता गरी लिएकाछन् । जुन जग्गा प्रतिआना रु५०,०००÷–अक्षेरुपी पचास हजारका दरले किनेको हुं भनी ढांट्ने कोशिस गरेका छन् ।
सायद यी र यस्तेै कुरा गर्ने विष्णु पौडेलजीको वानी जानी सकेका हाम्रो यहांका मतदाताहरुले “एउटा लालची स्यालले बाघको खोल ओडेर जंगलका साना जनावरहरुलाई बाघ हुं भनी छक्याए जस्तै यहांका जनतालाई छक्याउने र झुक्याउने उनको दुराशय युक्त सपना चकनाचुर भयो” भनिरहनु भएको छ ।
यस्तो विशम परिस्थितिमा भ्रष्टाचारको यथार्थ छानवीन गरी अपराधीलाई कारवाही गर्नु पर्ने सरकार उल्टै पौडेलजी ठगीनुभएको छ उहांलाई राज्यले क्षति पुर्ति दिनु पर्छ भनेर सरकारका प्रवक्ता गोकुल प्रसाद वास्कोटाले भन्दछन् त्यसैगरी प्रधानमन्त्री के.पी. शर्मा ओलीले हाम्रो पार्टी र सरकारलाई बदनाम गर्न यस्तो गरिएको हो पौडेलजी निर्दोष हुनुहुन्छ भनी चोरलाई चौतारी बनाउदै भ्रष्टाचारको दलदलमा चुर्लुम्म डुवेका छन् । भ्रष्टाचारमा शुन्य सहनशीलता अथवा भ्रष्टाचारीको मुखपनि हेर्दिन भनेको कम्युनिष्ट भाषामा शायद यस्तै काम हुनकी ?
हामी कसैको पनि व्यक्तिगत जीवन र व्यवहारमा प्रश्न गर्न चाहदैनौ तर हाम्रो प्रतिनिधी एउटा व्यक्ति मात्र नभएर सांसद पनि हो यस मानेमा वहांको जीवन र व्यवहार भनेर उन्मुक्ति दिन सकिंदैन । उहांले गर्ने राम्रा कामकोलागि प्रशंसा र बधाई दिने एकातर्फ हुन्छ भने अर्कातर्फ गलत र भ्रष्ट कामको विरोध गर्ने नैसर्गिक अधिकार पनि मतदाताहरुमा सुरक्षित रहन्छ । त्यसैले आना प्रतिनिधीले गरेका राम्रा नराम्रा कामको भागी हुने यहांका मतदाताहरु अहिले बुटवल बाहिर घुमफिर गर्न जांदा ए भ्रष्ट विष्णु पौडेलको निर्वाचन क्षेत्रका हौ ? भनी सोध्दा लज्जावोध गर्नु परिरहेछ ।
यस्तो अवस्थामा के विष्णु पौडेलले कुनै नैतिक जिम्मेवारी लिनु पर्दैन ? जनताले सत्य तथ्य थाहा पाउने अवसरका लागि आफुले पदीय हैसियत छोडेर छानवीनका लागि वातावरण बनाउनु पर्दैन ? किन त्यसो भई रहेको छैन ? के यसमा पार्टीले ढाकछोप गर्ने काम गर्नु राम्रो हो ? के दुई तिहाईको कम्युनिष्ट सरकार यस्तै गलत कामलाई बडावा दिनका लागि बनाईएको हो ? के कम्युनिष्ट पार्टीका सच्चा, इमान्दार र निष्कलंक नेता कार्यकर्ता नेताको भ्रष्ट कामसंग, संगै गहुमा घुन पिसिए झैं पिसिनु पर्ने हो ?
अन्तमा १३ वर्षिय निर्मला पन्त वलात्कार एवं हत्याकांड, ३३ किलो सुन काण्ड, वाईडवडी जहाज खरीद काण्ड, बुढी गण्डकी नदी विक्री काण्ड बालुवाटार ललिता निवास जग्गा काण्ड, ५ नं प्रदेश गाडी खरीद काण्ड, मेलम्ची खाने पानी भ्रष्टाचार काण्ड लगाएतका भ्रष्टाचार युक्त काण्डहरुमा संलग्न जुन सुकै पार्टीको होस, जो सुकैहोस संविधान र नेपालको प्रचलित कानुन बमोजिम सत्य तथ्य जन समक्ष ल्याइ दोषी हरुलाई कारवाही गर्न हामी नेपाल सरकारसंग जोडदार माग गर्दछौं

युवराज गिरी                                                                                                                                                                          फणेन्द्र प्रसाद शर्मा
•उम्मेदवार प्रतिनिधी सभा                                                                                                                                              •  उम्मेदवार नगर प्रमुख सैनामैना

  काजीमान श्रेष्ठ                                                                                                                                                                         रामकृष्ण खांड
•उम्मेदवार प्रदेससभा (क)                                                                                                                                           •उम्मेदवार नगर प्रमुख तिलोत्तमा

 महेशमान सिंह                                                                                                                                                                            खेलराज पाण्डे
•उम्मेदवार प्रदेससभा (ख)                                                                                                                                                • उम्मेदवार नगर प्रमुख बुटवल

                                                               नेपाली कांग्रेस क्षेत्र नं २ रुपन्देही