फोरम र नयाँ शक्तिबीच ‘फाइनल मिटिङ’ चल्दै

प्रकाशित मिति:

काठमाडौं– पार्टी एकीकरणको प्रयास गरिरहेका संघीय समाजवादी फोरम र नयाँ शक्तिबीच पार्टी एकताको विषयलाई लिएर अहिले ‘फाइनल बैठक’ चलिरहेको छ। यसअघि बसेको बैठकहरु अत्यन्तै सकारात्मक भएको र अन्तिम सहमतिको लागि दुवै पक्षको बैठक नयाँ शक्तिको पार्टी कार्यालयमा दुवै पक्षका शीर्ष नेताको बैठक बसिरहेको हो।

दुवै पक्षबीच सांगठनिक विषयमा कुरा मिलिसकेको छलफलमा सहभागी नेताहरुले बताएका छन्। नेकपा मोडलमा नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराई र फोरमका अध्यक्ष उपेन्द्र यादव अध्यक्ष रहने सहमति भइसकेको छ। डा भट्टराई पहिलो बरियतामा रहने बताइएको छ। अन्य सहमतिका बाबजुद फोरमले सरकार छाड्नपर्ने नयाँ शक्तिको बटम लाइन भएको एक नेताले बताए।

थप समाचार