यति बेला बलिउड अभिनेत्री प्रियंका चोपडाको चौतर्फी चर्चा चलिरहेको छ । चाहे त्यो उनको प्रेम सम्बन्धको होस् अथवा उनले छोडेको भारत चलचित्रको होस। हो पहिला भारत फिल्म अभिनेत्री प्रियंका चोपडाले गर्ने भएकी थिइन् तर अहिले भने उनले यस फिल्मबाट हात तानेकी छिन । बलिउड चलचित्र ‘भारत’मा अब लिड नायिकाको रुपमा कट्रिना कैफले अभिनय गर्ने भएकी छन्। यस चलचित्रको लागि कट्रिनाले साइन समेत गरिसकेकी छन्। चित्रका निर्देशक अली अब्बास जफर स्वयंमले यो कुराको जानकारी दिएको भारतीय संचारमाध्यममा उल्लेख गरिएको छ। निर्देशक अलीले आफू सलमान र कट्रिनासँग पुनः काम गर्नलाई उत्साहित रहेको बताएका छन्।
यससँगै उनले निर्देशन गरेको चलचित्र ‘टाइगर जिन्दा हे’ पछि ‘भारत’मा अब सलमान र कट्रिनाको जोडी पुनः दर्शकले देख्न पाउने भएको छ। यसअघि भारतको लिड नायिकाको रुपमा प्रिंयका चोपडालाई चुनिएको थियो।