फोरम र नयाँ शक्तिबीच पार्टी एकताका लागि सहमतिपत्रमा हस्ताक्षर,वैशाख २३ गते ‘समाजवादी पार्टी नेपाल’ घोषणा

प्रकाशित मिति:

काठमाडौं– संघीय समाजवादी फोरम र नयाँ शक्ति नेपालबीच पार्टी एकताका लागि सहमतिपत्रमा हस्ताक्षर भएको छ। दुवै पार्टीको केन्द्रीय समितिको बैठक बसेर सहमति अनुमोदनपछि पार्टी एकता घोषणाको मिति तय गरिने नयाँ शक्तिका प्रवक्ता डम्बर खतिवडाले बताए।

अन्तिम सहमतिका लागि दुवै पक्षको बैठक नयाँ शक्तिको पार्टी कार्यालय बबरमहलमा बसेको हो।  केही समययता दुई पार्टीबीच छलफल जारी थियो। शुक्रबार राति पनि नयाँ शक्तिको पार्टी कार्यालयमा छलफल चलेको थियो।

दुवै पार्टीबीच आगामी वैशाख २३ गते काठमाडौंमा एकता घोषणा हुने जनाइएको छ । उपेन्द्र यादव प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा समेत सहभागी छन् भने डा. बाबुराम भट्टराई सरकारका आलोचक मानिन्छन् । ।

हेर्नुस् यस्तो छ विज्ञप्ति :-