हिन्दु र बौद्ध परम्परा अनुसार थाइल्यान्डका राजा महा वाजिरालङकर्नको राज्याभिषेक

प्रकाशित मिति:

बैंकक – थाइल्यान्डका राजा महा वाजिरालङकर्नको राज्याभिषेक कार्यक्रम सुरु भएको छ। २०१६ मा राजा भूमिबोल अदुलज्यहाको मृत्युपछि वाजिरालङकर्नले राजाका रुपमा कार्य गर्दै आएका थिए। तर बुवाको मृत्युका कारण राज्याभिषेक गर्न केही समय माग गरेकाले औपचारिक रुपमा उनले राजगद्दी सम्हालेका थिएनन्।

शनिवारबाट सुरु भएको राज्याभिषेक कार्यक्रम तीन दिनसम्म चल्ने बताइएको छ। राज्याभिषेकसँगै उनी चक्री वंशका १० औं राजा बनेका छन्। बेलायत र अष्ट्रेलियामा अध्ययन गरेका वाजिरालङकर्नले क्यानबेरामा शाही सेना कलेजमा सैन्य प्रशिक्षण लिएका थिए। थाइ सेनामा उनले सिभिलियन र फाइटर पायलटका रुपमा काम गरेका थिए। केही दिन अघि मात्रै उनले आफ्नै अंगरक्षक सुथिदासँग विवहा गर्दै उनलाई रानी बनाएका थिए।

वाजिरालङकर्नलाई राज्यारोहणका क्रममा पाँचवटा शाही रेगालिय (राजतन्त्रको निशानी) , ‘ विजयको प्रतिकका रुपमा रहेको शाही श्रीपेच, शाही जुत्ता, शाही पंखा,शाही तरवार र शाही राजदण्ड प्रदान गरिएको छ। शनिवार भएको राज्याभिषेकमा हिन्दु र बौद्ध धर्म अनुसार विभिन्न परम्पराहरु निर्वाह गरिएको थियो।