रञ्जित कर्णले किन बहिस्कार गरे प्रशिक्षण प्रतिष्ठानको बैठक ?

प्रकाशित मिति:

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको पहिलो बैठक नै विवादित बनेको छ । प्रतिष्ठानको सदस्य रहेका कांग्रेस युवा नेता रञ्जित कर्णले वरियताको प्रश्न उठाउँदै सपथ एवं बैठक बहिस्कार गरेका छन् ।

पार्टी सभापति शेरबहादु र देउवाकी पत्नी डा.आरजु राणालाई प्रतिष्ठानमा पहिलो वरियता दिइएकोमा कर्णले यसअघि नै असन्तुष्टी जनाइसकेका छन् । उनले प्रतिष्ठानमा रहेका धेरै वरिष्ठ नेताकोहरुको अपमान भएको भन्दै वरियताक्रम सच्याउन माग गरेका थिए । माग पुरा गर्न नेतृत्व तयार नभएपछि कर्णले सपथ कार्यक्रम र बैठक बहिस्कार गरेका हुन् ।