विपन्न बालबालिकालाई वडा अध्यक्ष पाण्डेले घरमै पुगेर शैक्षिक सामाग्री तथा स्कुल पोशाक वितरण गरे,शिक्षाबाट बञ्चित नहुन आग्रह !

प्रकाशित मिति:

सुरेश परियार / सैनामैना – आर्थिक रुपमा विपन्न समुदायका बालबालिकालाई सैनामैना नगरपालिका वडा न.६का वडा अध्यक्ष बसन्त पाण्डेले घरमै पुगि शैक्षिक सामाग्री तथा स्कुल पोशाक वितरण गरेका छन् ।आर्थिक वर्ष २०७५÷०७६को वडागत वजेट अन्र्तगत यस वडामा रहेका आर्थिक कमजोर भएका बालबालिकाहरुलाई २ लाख बराबरको सामाग्री वितरण गरिएको हो । ११ वटा टोल विकास रहेको यस वडाका एक सय बालबालिकाहरुलाई जनही एक थान झोला,८ वटा कापि र एक सेट स्कुल पोशाक प्रदान गरिएको हो ।

वितरण कार्यक्रमलाई सम्बोधन गर्दै सैनामैना नगरपालिका वडा न.६का वडा अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि बसन्त पाण्डेले आर्थिक कमजोर भएका बालबालिकाहरुलाई स्कुल सम्म पुर्योउन वडाले असल कदमी चालेको बताउनुभयो ।उहाँले कोही पनि बालबालिका शिक्षाबाट बञ्चित हुन नहुने बताउदै शिक्षा क्षेत्रमा गरेको लगानीले दिर्घकालीन प्रतिफल दिने विश्वास समेत ब्यक्त गर्नुभयो ।वडा अध्यक्ष पाण्डेले आगमी दिनमा समेत यस प्रकारका कार्यक्रमले निरन्तरता पाउने बताउदै शिक्षण सिकाई असल र निरन्तर हुनुपर्ने सामाग्री प्राप्त गर्ने बालबालिकालाई आग्रह समेत गर्नुभयो ।

कार्यक्रम वडा सदस्य लक्ष्मी पाण्डेको अध्यक्षता तथा वडा अध्यक्ष बसन्त पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा दलित महिला सदस्य मायादेवी वि.क,कर्मचारी तिला शर्माको सहजकीकरण तथा वडा सचिब मिनाराम पन्थीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको हो ।सामाग्री पाए संगै बालबालिकाले खुशी ब्यक्त गरेका छन् ।