नेपाल-भारत सीमा नाका दुई दिन ठप्प

प्रकाशित मिति:

बांके- भारतमा हुने लोकसभा चुनावका कारण नेपाल-भारत सीमा नाका आज (शनिबार) बेलुकी ६ बजेदेखि ४८ घण्टा बन्द हुने भएको छ । भारतको उत्तर प्रदेश राज्यमा हुने निर्वाचन सुरक्षालाई ध्यानमा राखेर बाँकेको जमुनाहा नाका शनिबार बेलुकी ६ बजेदेखि २३ गते बेलुकी ६ बजेसम्मका लागि बन्द हुने भएको हो ।

जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार दुई देशका अधिकारीबीच भएको सहमतिअनुसार नाका बन्द गर्न लागिएको हो । सीमा बन्द हुँदा अत्यावश्यक र बिरामी बोकेका एम्बुलेन्स दुवै देशका सुरक्षाकर्मीको समन्वयमा आवतजावत गर्नेबाहेक अन्य आवतजावत ठप्प हुनेछ ।