नेतृत्व तथा व्यक्तित्व विकास सम्वन्धी अभिमुखिकरण सुरु

प्रकाशित मिति:

सैनामैना -जगिलाल थापा सैनामैना नगरपालिकाको वडा स्तरिय लक्षित कार्यक्रम अनुसार बालवालिकालाइ नेतृत्व तथा व्यक्तित्व विकास सम्वन्धी अभमुिखिकरण सुरु भएको छ ।बालवालिकालाइ नेतृत्वमा स्थापित गर्ने र उनीहरुको व्यक्तित्व कसरी निमार्ण गर्ने भन्ने विषयमा दिइएको अभिमुिखकरणमा सैनामैना नगरपालिका वडा नं ५ का वडाध्यक्ष परशुराम सापकोटाले बालवालिकाको वृहत्तर विकासबाट राष्ट्रले असल नागरिक पाउने उल्लेख गर्दै बालवालिकालाइ शिक्षामा पहुँच वढाउन समेत यस्ता कार्यक्रम फलदायी हुने बताउनुभयो ।

कोटिया टोल विकास संस्थाका अध्यक्ष ज्ञानेन्द्र मल्लले वालवालिकाको सामाजिक तथा मानसिक विकासका लागि वडास्तरिय लक्षित कार्यक्रमले रुपान्तरणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।अभिमुिखकरणका प्रशिक्षक युवराज पाण्डेले सामाजिक रुपान्तरणका लागि बालवालिकालाइ शसक्त बनाउन आवश्यक भएकोमा जोड दिदै नगरपालिकालाइ बालवालिकाको क्षेत्रमा प्रभावकारी काम गर्न आग्रह गर्नु भयो । सो कार्यक्रममा अर्को साता बुद्धनगरमा समेत आयोजना हुने छ ।

अभिमुिखकरणमा शान्ती र योग सम्वन्धी संचारकर्मी ऋषीराम न्यौपानेले र नेतृत्व विकास सम्वन्धी हेम खरेललले सहजीकरण गर्नुभएको थियो । बाल क्लवका पदाधिकारी र स्कुल तहमा अध्ययन गर्ने विद्यार्थीलाइ लक्षित गरेर उक्त कार्यक्रम आयोजना भएको थियो । कार्यक्रमको संचालन सैनामैना नगरपालिकाका प्रेस संयोजक टिका खरेलले र स्वागत मन्तव्य नगरपालिकाका कार्यपालिका सदस्य मन कुमारी राइले गर्नु भएको थियो । सैनामैना नगरपालिकाले विभिन्न वाल क्लव मार्फत बालवालिकाको क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै आएको छ ।