स्याङ्जाका तरुण युवाहरुले गरे नेपाली कांग्रेसको जागरण अभियान सफल बनाउने प्रतिवद्धता

प्रकाशित मिति:

स्याङ्जा स्नपाल तरुण दल स्याङ्जाले यही वैशाख २५ गतेदेखि संचालित देशब्यापी नेपाली कांग्रेसको जागरण अभियानलाई सार्थक एवं सफलतापूर्वक सम्पन्न गराउन सबै तरुण नेताहरु सक्रियरुपमा लाग्ने प्रतिवद्धता जनाएका छन् ।तरुण दलद्धारा शनिवार बयरघारीमा आयोजित जागरण अभियान सफल बनाउन तरुणहरुको भूमिका बिषयक अन्र्तक्रिया कार्यक्रमका सहभागीले सो प्रतिवद्धता जनाउनुभएको हो ।

अन्र्तक्रियाको उदघाटन गर्दै तरुण दल स्याङ्जाका अध्यक्ष एवं प्रदेश सदस्य भागवतप्रकाश मल्लले अभियानलाई सफल बनाउन तरुण युवाहरु गाउँ गाउँ पुग्नु पर्ने बताउनुभयो । साथै उहाले र वर्तमान अवस्थाका बारेमा स्थानीयबासीलाई जानकारी गराउन र नेपाली कांग्रेसको जागरण अभियानका बारेमा सूसूचित गराउन तरुण युवाको भूमिका उल्लेख्य हुनेमा जोड दिनुभयो ।कार्यक्रममा, तरुण दल स्याङ्जाका निर्वतमान अध्यक्ष अर्जुनप्रकाश अर्याल, पूर्व केन्द्रीय सदस्य गोबिन्द पंगेनी लगायतले तरुणको सहयोग बिना नेपाली कांग्रेसको अभियान सफल हुने बताउदै सबैलाई गोलबद्ध गरेर अघि बढ्नुपर्ने बताउनुभयो ।

अन्र्तक्रियामा जिल्ला, क्षेत्रीय, नगर, गाउँ कार्यसमितिका तरुण दलका पदाधिकारी लगायत सदस्यहरुले सुझाव एवं जागरण अभियानलाई सार्थक र सफल बनाउने बारेमा आ आफना धारणा ब्यक्त गर्नुभएको थियो ।तरुण दल स्याङ्जाका अध्यक्ष भागवतप्रकाश मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सहसचिव रविन केसीले गर्नुभएको थियो ।यसैबीच, तरुण दलको जिल्ला कार्यसमितिकोे बैठकले सहसचिव रविन केसी र सदस्य कुलबहादुर गुरुङ्लाई उपाध्यक्ष पदको जिम्मेवारी तोकिएको छ भने सदस्य कोैशिला पौडेललाई सहसचिवको जिम्मेवारी दिइएको तरुण दल स्याङ्जाले जनाएको छ ।