गल्ती नभई अस्वीकृत भएको भन्दै जोशीले गरे राजिनामा नदिने निर्णय

प्रकाशित मिति:

सुनुवाइ समितिबाट अस्वीकृत भएका कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीले आफ्नो कुनै गल्ती नरहेको भन्दै राजीनामा नदिने बताएका छन्। उनले समितिले आफूलाई विनाकारण रोकेको टिप्पणी गरे। आफन्त र शुभेच्छुकले संसदको निर्णय असमान र आग्रहपूर्ण रहेको भन्दै राजनीनामा नदिन सुझाएको जोशीनिकट सर्वोच्च अदालत स्रोतले बतायो। जोशीले समितिको निर्णयअघि शुक्रबार सर्वोच्चको संवैधानिक इजलासमा अरु चार जना न्यायाधीशसँग बसेर दुई रिटमा सुनुवाइ गरेको समाचार अन्नपूर्ण पोस्ट दैनिकमा छ। जोशीले कामु प्रधानन्यायाधीशकै हैसियतमा काम गर्ने बताएका छन्।