लायन्स सिद्धार्थनगर युथमा कशौधन

प्रकाशित मिति:

भैरहवा – सामाजिक क्षेत्रमा क्रियाशिल संस्था लायन्स क्लब अफ सिद्धार्थनगर युथको तेस्रो वार्षिक साधारणसभा तथा अधिवेशन भैरहवामा सम्पन्न भएको छ । अधिवेशनले वर्ष २०१९र२०२० का लागि अभिनव मयुर कशौधनको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रुपमा निर्वाचित गरेको छ ।

जसको प्रथम उपाध्यक्षमा असिम सैंजु, द्वितीय उपाध्यक्षमा प्रशान्तमणि रामदाम, तृतीय उपाध्यक्षमा अनित कुमार गुप्ता, सचिवमा सुनिल सेञ्चुरी, कोषाध्यक्षमा सन्तोष शुक्ला, सह–सचिवमा निकेशदेव हटुवाल, सह–कोषाध्यक्षमा संजोगराज तिवारी, जनसम्पर्क अधिकारीमा गोविन्द प्रसाद गिरी, टेल ट्वीष्टरमा विशाल वोगटी क्षेत्री, टेमरमा शार्दुल मयुर कशौधन र सदस्य वृद्धि संयोजकमा मिलन विश्वकर्मा रहेको निर्वाचन समिति संयोजक धिरज कुमार मल्लिकले बताए ।

त्यस्तै निर्देशकहरुमा सन्दिपनाथ गोंगल, विवेक जैसवाल, निरज बराल र रामेश्वर प्रजापति रहेका छन् । त्यसैगरी सदस्यहरुमा अंकित जैसवाल, प्रशान्त श्रीवास्तव, शैलेष श्रीवास्तव, सुजन कर्माचार्य र शिवनाथ गुप्ता रहेका छन् ।साधारणसभाको लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी टु नेपालका सिनियर एडभाइजर नवराज न्यौपानेले उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै प्रमुख अतिथि न्यौपानेले लायन्स क्लबले नयाँ सोच र विचारका साथ सिर्जनशील काम गर्नुपर्ने बताए । उनले युवाहरु ठूलो शक्ति भएको र युवाहरुको क्लब लायन्स क्लब अफ सिद्धार्थनगर युथले सिर्जनशील कामलाई तीव्रताका साथ अगाडी बढाउने विश्वास व्यक्त गरे ।नवनिर्वाचित अध्यक्ष अभिनव मयुर कशौधनले क्लबको गरिमालाई उच्च पार्दै लैजाने बताए । उनले आफ्नो कार्यकालमा एम्बुलेन्स सेवा सञ्चालन गर्ने बताए ।कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी टु नेपालका एडभाइजर ओम कुमार श्रेष्ठले लायन्स युथ सक्रियताका साथ सामाजिक कार्यमा अग्रसर भएको भन्दै प्रशंसा गरे ।लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ बी टु नेपालका एडभाइजर महेशचन्द्र थापाले आफ्ना गतिविधि मार्फत क्लबले सेवाको हात अगाडी बढाएको बताए । जोन चेयरपर्सन विनोद खरेल, लायन्स क्लब अफ सिद्धार्थनगर युथका संस्थापक अध्यक्ष अर्चित श्रेष्ठ लगायतले बोल्दै लायन्स युथ दिर्घकालिन लक्ष्य लिएर अगाडी बढ्नुपर्ने बताए ।कार्यक्रम संयोजक सुनिल सेञ्चुरीको स्वागत मन्तव्य तथा क्लबका वर्ष २०१८र२०१९ का सचिव अनित कुमार गुप्ताको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।सो अवसरमा क्लबका वर्ष २०१८र२०१९ का अध्यक्ष विनय कशौधनले आफ्ना बुवा स्व। मोतीलाल कशौधनको स्मृतिमा १ लाख रुपैंयाको अक्षयकोषको स्थापना गरिएको र सोमार्फत प्राप्त ब्याजबाट विपन्न विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिने जानकारी दिए ।