जापानमा उष्ण वायुको प्रभावबाट जोगिन नागरिकलाई छाता र छहारीको प्रयोग गर्न आग्रह ।

प्रकाशित मिति:

जापानी अधिकारीले आफ्ना नागरिकलाई मुलुकका धेरैजसो भूभागमा फैलिएको उष्ण वायुको प्रभावबाट जोगिन स्थानीय जातका रसिला फलफूल तथा खाना खाने र छाता र छहारीको प्रयोग गर्न आग्रह गरेका छन् ।

जापानमा गत महिनादेखि महसस गरिएको उष्ण वायुका कारण शुक्रबारसम्म ११९ जनाको मृत्यु भएसकेको छ भने गर्मीका कारण विरामी परेका ४९ हजार व्यक्तिले अस्पतालमा भर्ना भई उपचार गराइरहेका छन् ।

तापक्रममा देखिएको अस्वभाविक वृद्धि अझै पनि कायमै रहेको छ । टोकियोदेखि उत्तरी क्षेत्रमा गर्मीका कारण बिरामी हुनेको सङ्ख्या बढ्ने क्रम जारी रहेपछि सरकारी अधिकारीले बुधबारदेखि जनतालाई तातो हावाबाट बच्न छाता वा छहारीको प्रयोग गर्न अनुरोध गर्दै सचेतनामूलक कार्यक्रमहरू नै सुरु गरेका छन् । प्राय छालालाई स्वच्छ राख्न जापानी महिलाहरूले अपनाउने उपायहरूलाई सवैले अवलम्बन गर्न आग्रहसहित सचेतनामूलक कार्यक्रमहरूलाई सार्वजनिकस्थल, रेडियो तथा टेलिभिजनबाट प्रचार गरिएको छ ।