चिर्पटले हानेर बाबुको हत्या

प्रकाशित मिति:

-नवलपरासी पश्चिम नवलपरासीमा चिर्पट ९दाउरा० ले हानेर एक युवकले आफ्नो बाबुको हत्या गरेका छन् । सरावल गाउँपालिका–२, दंगिया बस्ने २२ वर्षीय जब्बर मुसलमानले शुक्रबार राति ४५ वर्षीया बाबु अलाउद्दिनलाई सुतिरहेका बेला चिर्पट प्रहार गरे हत्या गरेका हुन् ।

जब्बरको मानसिक सन्तुलन ठीक नभएको स्थानीयलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । स्थानीयका अनुसार मानसिक सन्तुलन बिग्रे पनि बाबुले हरेक दिन छोरासँग झगडा गर्ने गरेका थिए ।हत्या भएको जानकारी पाएर प्रहरी जाँदा अभियुक्त जब्बर घरमै टोलाएर बसेका थिए । उनलाई आवश्यक अनुसन्धानसहित कार्बाहीका लागि शनिबार जिल्ला प्रहरी कार्यालयमा ल्याइएको प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिएका छन् ।