बलिउडमा अभिभावकको बिंडो थाम्दै छोराछोरी

प्रकाशित मिति:

बलिउड फिल्म उद्योगमा यतिबेला स्टार कलाकारका छोराछोरी एक पछि अर्को गर्दै उदाइरहेका छन् ।

भर्खरै अभिनेत्री श्रीदेवीकी छोरी जान्हवी कपूरको फिल्म ‘धडक’ प्रदर्शन भएको छ । यस्तै अभिनेता सैफ अली खानकी छोरी सारा अली खान र चंकि पाण्डेकी छोरी अनन्या पाण्डे पनि छिट्टै डेब्यूको तयारीमा छन् । सारा र अनन्याको डेब्यू फिल्म छिट्टै नै प्रदर्शनको तयारीमा छ ।

यसैबीच बलिउडका सुपरस्टार शाहरुख खानकी छोरी सुहाना खान पनि बलिउडमा डेब्यू गर्न तयार भइसकेकी छिन् ।