भैरहवाबाट शुरु भयो भ्रमण वर्षको रोड शो

२२ बैशाख २०७६, आईतवार ०   बिचार / प्रतिक्रिया


बुटवल –  लुम्बिनी भ्रमण वर्षको प्रचार प्रसार गर्न ‘रोड शो’ कार्यक्रम शुरु भएको छ । सिद्धार्थ होटेल एशोसिएसन भैरहवाको आयोजनामा कार्यक्रम शुरु भएको हो । रोड शोको प्रदेश ५ का उद्योग,पर्यटन,वन तथा वातावरण मन्त्री लिला गिरीले शुभारम्भ गरे । उनले भ्रमण वर्षको प्रचारप्रसार व्यापक बनाउन रोड शोले सहयोग पुग्ने बताए ।

बुटवल, पाल्पा, स्याङजा, पोखरा, तनहुं, चितवन, धादिङ हुंदै काठमाडौं पुगेर समापन हुने छ । सिद्धार्थ होटेल एशोसिएसनको नेतृत्वमा संचालित रोड शोमा होटेल व्यवसायी,पर्यटन व्यवसायी,लगायत ३० जनाको समूह रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया