मायालु वातावरण : मन्टेश्वरी शिक्षा , सैद्धान्तिक भन्दा व्यवहारिक ज्ञानले सिकाईमा प्रभावकारिता

प्रकाशित मिति:

सन्जु पौडेल \ सामान्यतया एउटा बालकको मानसिक वृत्ति बिकाश सात बर्षको उमेर सम्ममा आधा भन्दा बढि भैसक्ने बिभिन्न खोजहरूले देखाएका छन् । त्यसमा पनि बाल मस्तिष्कले ग्रहण गर्ने क्षमता पनि उत्तिकै बढि हुन्छ , जसले उनीहरूलाई पछि सम्मै मानसिक रूपमा स्वस्थ र बलियो बनाउन सहयोग गरिरहेको हुन्छ । तर हाम्रो समाजमा अझै पनि आफ्ना बच्चाहरूलाई उनीहरूको जीवनको अत्यन्तै महत्वपुर्ण समय यत्तिकै खेर फालिदिने गरेको पाइन्छ । पछिल्लो समय ग्रामिण क्षेत्रमा भन्दा पनि शहरी क्षेत्रमा सानासाना बच्चाहरूको समग्र क्षमता बिकाशलाई मध्ये नजर राख्दै मन्टेश्वरी स्कुलहरू संचालनमा रहेका छन् । सैद्धान्तिक भन्दा पनि व्यवहारिक ज्ञान दिने यस्ता स्कुलहरूका धेरै प्रभावकारी समेत देखिन्छन् । मारिया मन्टेश्वरी इन्टरनेशनल स्कुल बुटवलका संचालक मधु प्रसाद अर्याल पछिल्लो समय अभिभावकहरूले आफ्ना बच्चाहरूको सिकाइमा लगानी गर्ने बातावरणको बिकाश भएको बताउँछन् । ‘सिकाई बिधिबाट पनि बच्चालाई ज्ञान दिन सकिन्छ भन्ने कुरा बुझाउन सजिलो त छैन तर अहिले बढ्दै गएको सचेतना स्तरको बिकाशले संभव बनाएको छ ’ अर्याल भन्छन् ‘ गुरुमा ज्ञानको भण्डार छ विद्यार्थीलाई थोरै दिने हो भन्ने कन्सेप्ट ठ्याक्कै अपोजिट बच्चा आफैमा धेरै ट्यालेन्ट हुन्छन् ट्यालेन्सी प्रष्फुटन गर्न सिकाउनु पर्छ ,। प्राय महिलाहरूले मात्र लिने मण्टेश्वरी तालिम लिएर काठमाण्डौमा लिएर बुटवलमा पहिला ट्रेनिङ्ग सेन्टर खोलेका अर्यालले पछि मन मिल्ने ३३ जना साथीहरूसँग मिलेर मारिया मण्टेश्वरी फाउण्डेशनको शुरुवात गरे । त्यसैमा अहिले मारिया टे«निङ्ग सेन्टर ,स्कुल एण्ड ट्रेड सेन्टर समेत संचालनमा छ । २०६८ सालमा स्थापना मारिया इन्टरनेशनल स्कुलको स्थापना गर्दा त्यसमै २ जना शिक्षकका बच्चाबाट शुरु गरेको अहिले २४० जना छन् । स्थापना ताकाको अनुभव सुनाउँदै अर्याल भन्छन् ‘शुरुमा यहाँका अभिभावकको खरिदताको क्यापसिटी बुझ्न समर क्याम्प गरें, त्यसमा सिट प्याक भयो ,बच्चाको लागि खर्च गर्न सक्नुहुने रैछ भनेर थाहा भयो ।’ लामो समयसम्म बच्चाहरूलाई नजिकबाट बुझेका अर्याल बच्चा सबैभन्दा धनी र स्वतन्त्र भएको बताउँछन् ,भन्छन् ‘ मन लागेको गर्न पाउँछन् उनीहरू खुशी रहन्छन् त्यही कुरा खोस्न खोजेको जस्तो प्रवृत्ति हाम्रो छ । भन्नाले हामी उनीहरूलाई आफूजस्तै बनाउन खोज्छौं, बच्चाको सम्पत्ति छ सबै थोक छ हामी नै खोस्न खोज्छौं , यही प्रवृति हटाउने विधि हामी सिकाउंदैछौं । ’ मन्टेश्वरीले बच्चामा आत्मविश्वास बढ्नुका साथै स्टेजमा निर्धक्क बोल्ने क्षमता तथा अंग्रेजी लगायत सबै खालको विकासमा यो शिक्षा प्रणाली ले सघाएको अर्यालको तर्क छ ।
लिटिल बुद्ध इन्टरनेशनल मन्टेश्वरीका प्रिन्सिपल उर्मिला उप्रेती मन्टेश्वरीलाई एकदमै चुनौतीको रूपमा हेर्छिन् । ‘किनभने हरेक विद्यार्थीको नेचर फरक छ त्यसमा पहिचान गरी डिल गर्न पर्छ । एक एक बच्चासँग ईन्डिभिजुवल टचमा रही सिकाउनु पर्ने हुन्छ ’ उप्रेती थप्छिन् ‘ हरेक बच्चाको आफ्नो रुचि र कला छ उनीहरूको विकासको समय रहेकाले मेन्टल, फिजिकल, सोसियल हरेक तबरबाट उनीहरूको ख्याल गरी विकासमा सहयोग पुर्याउनु गाह्रो काम हो ’ । तर पनि चुनौतीका बिच पनि काम गर्नु त छँदै छ त्यसको मजा बेग्लै छ , मन्टेश्वरीले राम्रो रिजल्ट दिएकै कारण २०६९ सालमा स्थापना भएको लिटिल बुद्ध ईन्टरनेशनल मन्टेश्वरी स्कूल एण्ड टे«निङ्ग सेन्टर शुरुवातमा ७ जना विद्यार्थीबाट शुरु गरिएकोमा अहिले ९० भन्दा बढी विद्यार्थी छन् र १७ जना स्टाफ छन् । जहाँ हाल कक्षा २ सम्म अध्यापन हुने गरेको छ । मन्टेश्वरीमा शैक्षिक मात्र भन्दा पनि उनीहरूको सम्पूर्ण विकासमा सहयोगी भूमिका निर्वाह गर्नुपर्छ । अध्यापन गर्ने नै हो तर किताबी रटाई बाट नभई मन्टेश्वरी विधि व्यवहारिक शिक्षा हो जसमा हामीले कागज र कलमसँग शिक्षालाई सिमित राख्न भन्दा पनि यसमा व्यवहारिक ज्ञान दिइने उप्रेती बताउँछिन् , भन्छिन् ‘खेल खेलाएर अध्यापन, गीत राईम्स सिकाउने ,अडियो भिडियो माध्यम, जसले गर्दा बच्चाको रिजल्ट पनि हरेक व्यवहार सिक्न खोज्ने जान्ने हुन्छ । यो विधि बच्चालाई सभ्य नागरिकको पहिचान गराउन सहयोग गर्छ जुन अहिले देशको विकासका लागि नै यो आवश्यक छ ।’
टाइनी रोज चिल्ड्रेन एकेडेमी भैरहवाका प्रिन्सिपल द्धय अनामिका वस्याल र ईशा खड्का बच्चाहरूको मुल्यांकन सबै तरिकाबाट गर्नुपर्ने बताउँछन् , उनीहरू अंकको रेङकिङको आधारमा भन्दा पनि बच्चाहरूको बर्ष भरिको नतिजालाई हेरेर पुरस्किृत गर्ने गर्नुपर्ने कुरामा जोड दिन्छन् । त्यससँगै बच्चाहरूलाई विभिन्न प्रतियोगिता हुन्छ सहभागी गराउने, बच्चा लजाउने छ भने उसलाई एक्टीभ बनाउने खालको शिक्षामा जोड दिनुपर्ने उनीहरूको धारणा छ, उनीहरू भन्छन् ‘ शिक्षा प्याकेज हो जुनसुकै तबरको विकास आवश्यक हुन्छ , सोही मान्यताका साथ हामी बच्चाहरूलाई बजार लान्छौं केल्कुलेशनको शिक्षा पाउनु भनेर, वनवाटिका, लुम्बिनी, अस्ट्रिच फार्म लान्छौं साथै बिभिन्न एक्स्टा कम्पिटिशन समेत गराउंछौं ।’ टाइनी रोजले हाल १३० जना बिद्यार्थीलाई अध्यापन गराउँदै आएको छ ।
विश्वभर १४०० युरो किड्स नामक मन्टेश्वरी विद्यालय छन् जसमा भैरहवामा पनि एक छ । २०७२ सालबाट युरो किड्सलाई संचालनमा ल्याएकी प्रतिष्ठा चालिसे सुरुमा संचालनमा ल्याउनलाई एकदम गाह्रो भएको बताउँछिन्, उनी भन्छिन् ‘ किनभने मानिसहरूलाई कन्सेप्ट नै थिएन, बुझाउन प्रब्लम थियो, हामी शुरुमा मात्र ४ जना विद्यार्थीबाट शुरु गरेका थियौं , यसमा भैरहवाको युसिएमएस का अभिभावकबाट सहयोग भयो ।’ मुम्बईको सोफिया कलेजबाट ग्रेजुएशन सकाएकी चालिसेले युरो ईन्टरनेशनल मुम्बईको ट्रेनिङमा सहभागी भई तालिम प्राप्त गरेपछि सासु आमा र श्रीमानको प्रेरणाले उनले यो विद्यालय संचालन गर्न उत्सुक भईन् । अहिले युरो किड्समा हाल १०६ विद्यार्थी अध्ययनरत छन् ।

के हो मन्टेश्वरी ?
मन्टेश्वरीको अवधारणा इटालियन फिजिसियन डा.मारिया मन्टेश्वरीले बच्चाहरूको प्राकृतिक तरिकाबाट शैक्षिक पद्धति बिकाशका लागि सन् १९०७ जनवरी ६ मा चिल्ड्रेन हाउसको नामबाट संचालनमा ल्याएकी हुन् । मन्टेश्वरी पद्धतिमा स्वनिर्देशित अथवा बच्चाहरूको इच्छा अनुसारका गतिबिधिहरू गराई उनीहरूलाई थप सृजनशिल बनाउनको साथै उनीहरूको उमेर समूह र क्षमताको आधारमा ज्ञान तथा सिप सिकाउने गरिन्छ । मन्टेश्वरी पद्धतिमा बच्चाहरूको प्राकृतिक क्षमतालाई उनीहरूको इच्छा अनुसार सिकाउने प्रयत्न गरिन्छ । नेपालमा मण्टेश्वरी पद्धतिलाई मन्टेश्वरी स्कुल खोलेर मात्र हैन साबिकका शैक्षिक संस्थाहरूमा समेत यो पद्धतिलाई अजलम्बन गरि बिद्यार्थीहरूको शैक्षिक बिकाशमा टेवा पुराएको पाइन्छ भने बिभिन्न बिकशित देशहरूमा धेरै महँगो शुल्क लगानी गरेरै भए पनि अभिभावकहरूले आफ्ना बच्चाहरूलाई यो सुबिधा दिएका हुन्छन् । मन्टेश्वरीको मुख्य उद्धेश्य भनेको बच्चाहरूको हरेक क्षमताको बिकाशको लागि बलियो जगत यार गर्नु नै हो । यसमा अध्यापन गर्ने शिक्षकहरू बच्चाको एकल बैयक्तिक क्षमता लाई समेत प्राथमिकता दिएका हुन्छन् । औपचारिक शिक्षाको जस्तो यस बिधिमा यही नै सिकाई भन्दा पनि आवश्यकता र क्षमता पहिचानका आधारमा उनीहरूलाई डोराउने काम गरिन्छ । यसै कुरालाई सहयोग पुराउनको लागि मन्टेश्वरी स्कुलहरूमा बिद्यालय भन्दा पनि बच्चाहरूलाई आर्कषित गर्ने गरी पढ्ने, खल्ने, बुझ्ने गरि व्यवस्थापन गरिएको हुन्छ । जुन उनीहरूको उमेर समुूहलाई ध्यानमा राखेर समूह समेत बनाइएको हुन्छ ।