रूसी हवाई जहाजमा आगो लागि कम्तिमा ४१ जनाको मृत्यु

प्रकाशित मिति:

एजेन्सी –रुसको राजधानी मस्कोमा एक विमानमा आगलागी हुँदा कम्तीमा ४१ जनाको मृत्यु भएको छ । मस्कोको शिरिमिट्याभा विमानस्थलमा एक रुसी जहाजले आपतकालीन अवतरण गरे लगत्तै आगो लागेको हो ।

अवतरण लगत्तै विमानमा आगो लागेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । जल्दै गरेको विमानबाट निस्कनका लागि यात्रुले आपतकालीन द्वारको प्रयोग गरेको सामाजिक सञ्जालमा पोस्ट भएका भिडियोमा देखिएको छ । सीएएनले ट्विटरमा राखिएको भिडिओमा आगो लागेको जहाजको आपत्तकालीन द्वारबाट यात्रुहरू निस्किरहेको र दौडिरहेको देखिन्छ।

रूसी समाचार संस्थाहरूले मृत्यु हुनेमा दुईजना बालबालिका र एकजना विमान परिचारिका रहेको जनाएका छन्। उद्धार गरिएका ६ जनालाई स्थानीय अस्पतालमा लगिएको र तीनजनाको अवस्था गम्भीर रहेको रुसको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ ।एकजना प्रत्यक्षदर्शीले ७८ जना यात्रुहरू रहेको जेट विमानबाट मानिसहरू निस्किएर भाग्न सक्नु ‘चमत्कार’ भएको बताए।उक्त जहाज सुखोइ सुपरजेट(१०० भएको र त्यो स्थानीय समयअनुसार साँझ पाँच बजेर ५० मिनेटमा मुर्मन्स्क सहरको निम्ति उड्ने तालिका रहेको बताइएको छ।समाचार संस्था इन्टरफ्याक्सका अनुसार मस्कोको शेरमियतएभो विमानस्थलबाट उडेको केहीबरेमै चालक दलका सदस्यले आपत्‌कालीन सङ्केत जारी गरेका थिए। तर आपत्‌कालीन अवतरणको पहिलो प्रयास विफल भएको पनि समाचारहरूमा जनाइएको छ।फ्लाइटरेडार२४’ वेबसाइटका अनुसार विमान उडेको करिब आधा घण्टामा आपत्‌कालीन अवतरण भएको थियो।रूसी राष्ट्रिय ध्वजावाहक एरोफ्लोटले प्राविधिक कारणहरूले गर्दा जहाज विमानस्थलमा फर्किन बाध्य भएको बताएको छ। उसको विज्ञप्तिमा आपत्‌कालीन अवतरण गरेपछि धावनमार्गमा जहाजको इन्जिनमा आगो लागेको उल्लेख छ।चालक दलले यात्रुलाई जोगाउन सबै प्रयास गरेको बताउँदै ५५ सेकेन्डभित्र उनीहरूलाई निकालिएको उसको भनाइ छ। संक्षिप्त विज्ञप्तिमा अवतरणपछि जहाजको इन्जिनमा आगो लागेको उल्लख छ तर घटनाको सिलसिलाको यथार्थ स्पष्ट पारिएको छैन।