राष्ट्रपतिबाट सम्बोधन महारानीको शैलीमा भयो : देउवा

यसअघि काँग्रेसले ल्याएका कार्यक्रमलाई आफैले गरे जस्तो गरि प्रचार गरेको आरोप लगाए

प्रकाशित मिति:

काठमाडौँ । प्रमुख प्रतिपक्षी दलका नेता तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले ल्याएको नीति तथा कार्यक्रमले कुनै नतिजा दिन नसक्ने बताएका छन् ।

प्रतिनिधि सभाको बैठकमा नीति तथा कार्यक्रममा संशोधन प्रस्ताव बारे बोल्दै सरकारले एक बर्षमा गर्ने कामको टुंगो नभएको अवस्थामा २, ५ र १० बर्षका कार्यक्रम ल्याइएको आरोप लगाए । यसअघि काँग्रेसले ल्याएका कार्यक्रमलाई आफैले गरे जस्तो गरि प्रचार गरेको आरोप लगाए । शान्ति सुरक्षाको अवस्था विग्रिएको भन्दै नेता देउवाले निर्मलाको हत्याको अझै दोषी पत्ता लगाउन असफल भएर आफैले गरेको जस्तो देखिएको आरोप लगाए । नेता देउवाले सरकारको कार्यशैलीले स्वास्थ्य वीमा, शिक्षा लगायतका विषयमा स्पष्ट धारणा ल्याउन नसकेको बताए ।

देउवाले राणाकालदेखि चलेको स्ट्रिमरलाई यस सरकारले नयाँ आविष्कार गरेको जस्तै प्रचार गरेको आरोप लगाए । सरकारले पुँजीगत खर्च गर्न नसकेको आरोप लगाउदै शक्ति केन्द्रिकृत गरेको आरोप लगाए । सरकारले राष्ट्रपतिलाई विवादमा पारेको आरोप लगाउदै बेलायतकी महारानीको शैलीमा संसदमा सम्बोधन गर्न लगाएको आरोप लगाए । उनले यो लोकतन्त्रको लागि राम्रो संकेत नभएको बताए ।