उत्तर कोरियाले अझै पनि आणविक हतियार बनाईरहेको खुलासा

प्रकाशित मिति:

उत्तर कोरियाले अझै पनि आणविक र क्षेप्यास्त्र कार्यक्रम सञ्चालन गरिरहेको राष्ट्रसंघ सुरक्षा परिषदको एक प्रतिवेदनले खुलासा गरेका छन् ।

प्रतिवदेनअनुसार प्योङयाङले अवैध रुपमा जहाजबाट जहाजमै तेल स्थानान्तरण गरिरहेको छ र आफूले बनाएका हतियारहरु अन्य देशलाई बेच्न खोजेको छ । स्वतन्त्र विज्ञहरुले तयार पारेको गोप्य प्रतिवेदन संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदलाई शुक्रबार बुझाइएको थियो । उत्तर कोरियाले भने प्रतिवेदनमाथि कुनै प्रतिक्रिया दिएको छैन ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनबीच गत जुनमा सिंगापुरमा भएको शिखर वार्तामा निशस्त्रीकरणका लागि काम गर्ने सहमति भएको थियो । तर, प्योङयाङले गोप्य रुपमा नयाँ व्यालेस्टिक मिसाइल बनाइरहेको अमेरिकी अधिकारीहरुको पनि दाबी छ ।