भारतमा पाँचौं चरणको मतदान शुरु, सात राज्यका ५१ स्थानमा निर्वाचन हुँदै

२३ बैशाख २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया


एजेन्सी –भारतको लोकसभाका लागि आज पाँचौं चरणको मतदान शुरु भएको छ । यस चुनावमा सात राज्यका ५१ स्थानका लागि मतदान हुँदैछ । पाँचौं चरणको यस चुनावमा उत्तर प्रदेशका १४, राजस्थानका १२, पश्चिम बंगाल र मध्यप्रदेशमा सात–सात, बिहारमा पाँच र झारखण्डमा चार स्थानमा मतदान हुँदैछ ।

जम्मु काश्मिरको लद्दाख तथा अनन्तनागका लागि पुलवामा र शोपियाँ जिल्लामा पनि मतदान जारी छ । यस चरणमा उत्तर प्रदेशबाट गृहमन्त्री राजनाथ सिंह, भारतीय राष्ट्रिय कङ्ग्रेसकी नेत्री सोनिया गान्धी, काङ्ग्रेस अध्यक्ष राहुल गान्धी तथा मन्त्री स्मृति इरानीको भाग्यको फैसला हुनेछ ।यस चरणमा कूल ६ सय ७४ उम्मेदवार चुनावी मैदानमा छन् । यस चरणमा करिब नौ करोड मतदाताले मतदान गर्नेछन् । पाँचौं चरणको यस चुनावमा खासगरी उत्तर प्रदेशका रायबरेली र अमेठीको भिडन्त निकै रोचक मानिएको छ ।यी दुवै स्थानमा सोनिया गान्धी र राहुल गान्धीलाई सत्तारुढ भारतीय जनता पार्टी ९भाजपा०ले कडा टक्कर दिने अपेक्षा गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • प्रदेशसभामा कांग्रेसले अविश्वास प्रस्तावको पक्षमा मत हाल्छ : नेता पौडेल
  • कैलालीका नेकपा कार्यकर्ता कांग्रेसमा प्रवेश
  • लायन्स क्लब अफ बुटवल मुक्तिनाथ द्वारा मानब सेवा आश्रममा सहयोग
  • नेम्बाङको स्मृतिमा साहित्यकार डा: गोविन्द भट्टराइलाई सम्मान गरिने ।
  • कलश बचतद्धारा कोरोना बिशेष ऋण सार्वजनिकः जिल्लामै पहिलो पटक एक…
  • युवराज ज्ञवाली भन्छन् : अदालतले संविधान संशोधन र ‘सन्काहा’को निर्णय…
  • शान्ति नमुनामा अभिभावक भेला
  • दाङ्ग जिल्लामा पहिलो पटक जुरे हुटिट्याँउ पानी चरा अभिलेख
  • भारत्तोलक विश्व च्याम्पियन रुप कार्कीको निधन
  • प्रचण्डको गर्जन : ओलीको सेटिङ भत्काएर जनताको सेटिङ खडा हुन्छ