सावधान १ यसो गर्दा निःसन्तान हुने समस्या आउन सक्छ

प्रकाशित मिति:

एजेन्सी -विवाहित जोडी निःसन्तान भए भने त्यसभन्दा दुःखदायी कुरा अरू के हुन सक्ला रु वैज्ञानिकहरूले निःसन्तान हुनुका पछाडिको एउटा कारण हालै पत्ता लगाएका छन् ।निःसन्तान बनाउने एउटा भाइरसलाई वैज्ञानिकहरूले पत्ता लगाएका हुन् र यो भाइरस किसमार्फत सर्छ ।

इटालीका अनुसन्धानकर्ताहरूले सन्तान पाउन नसकेका महिलाको गर्भाशयको अध्ययन गरेका थिए । उनीहरूमध्ये ४३ प्रतिशतलाई एचएचभी–६ए नामक भाइरसको संक्रमण भएको पाइयो ।सामान्य प्रजननशक्ति भएका महिलामा यो भाइरस भेटिएन ।एचएचभी–६ए बाट पीडित महिलाको साइटोकाइन स्तर असाधारण भेटियो ।साइटोकाइनहरू त्यस्ता प्रोटीन हुन् जसले कोषिकाहरूका बीचमा अन्तर्क्रिया गराउँछन् । उनीहरूले डिम्ब तथा गर्भ विकासमा योगदान गर्छन् ।यो भाइरस रगत वा थुकमा पत्ता लाग्दैन तर थुक ग्रन्थिमा यसको विकास हुन्छ । त्यसैले किस, अझ त्यसमाथि टङ किस, बाट यो भाइरस फैलिन्छ ।