धादिङमा लागूऔषध चरेससहित १ जना पक्राउ

प्रकाशित मिति:

धादिङ – लागूऔषध नियन्त्रण ब्यूरो काठमाडौं र ईलाका प्रहरी कार्यालय गजुरीको टोलीले सोमवार बिहान प्रतिबन्धित अफिम र चरेससहित १ जनालाई पक्राउ गरेको छ ।

गजुरी गाउँपालिका–१ सोतीखोलास्थित कच्ची सडकखण्डबाट डीएल ३ सिएडी ७०८१ नम्बरको मारुती सुजुकी कारभित्र फल्स बटम बनाई लुकाइ निकासी गर्न लागेको अवस्थामा अवैध लागुऔषध अफिम ९७८ ग्राम र चरेस ४७ किलोग्राम प्रहरीले बरामद गरेको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक नवराज ढुंगेलले बताए ।गाडीको पछाडि सिटमुनि फल्स बटम बनाइ ४ वटा पोका पारी अफिम र खैरो टेप लगाएर र्‍यापिङ गरिएको अवस्थामा चरेस बरामद गरिएको हो । लागूऔषधसहित प्रहरीले कैलाली जिल्ला धनगढी उपमहानगरपालिका–४ उत्तर बेहडीका ४६ वर्षीय काल्चे बोहरालाई पक्राउ गरेको छ । पक्राउ गरिएका बोहरालाई लागूऔषधसम्बन्धी मुद्दा लाइने प्रहरीले जानकारी दिएको छ ।