अस्पतालमा बच्चा छाडेर हिँड्ने पूर्वसभासद साह दम्पती पक्राउ

प्रकाशित मिति:

काठमाडौं– ललितपुर प्रहरीले आइतबार पूर्वसभासद गायत्री साह र उनका श्रीमान राजेश महतोलाई पक्राउ गरेको छ ।मेडिसिटी अस्पतालले दिएको जाहेरीको आधारमा प्रहरीले साह दम्पत्तीलाई पक्राउ गरेको हो ।गायत्रीले. फागुन २८ गते मेडिसिटी अस्पतालमा भर्ना भई छोरा जन्माएर छाडेकी थिइन् ।

जन्मिएको शिशुमा डाउन सिन्ड्रोम रहेको थाहा पाएपछि अस्पतालले पूर्वसूचना नदिएको र उपचारका क्रममा लापरबाही गरेको कारण डाउन भएको बच्चा जन्माउनु परेको आरोप उनीहरुले लगाएका थिए ।अस्पतालले भने यस्तो हुनुमा अस्पतालको लापरबाही नरहेको भन्दै चैत २१ गते डिस्चार्ज गरिदिएको थियो ।तर डिस्चार्जपछि साह दम्पतीले बच्चा लिन मानेनन्।बच्चा लिन नमानेपछि अस्पतालले प्रहरीमा उजुरी दिएको थियो । कान्तिपुर दैनिकमा खबर छ ।