एकदिवसीय क्रिकेट प्रतियोगिता खेल्न नेदरल्याण्ड्स गएको नेपाली क्रिकेट टोली आइतबार स्वदेश फर्किने भएको छ ।२ वटा एकदिवसीय क्रिकेट प्रतियोगिता खेल्न गएको टोली श्रृङ्खला बराबरी गर्दै फर्कन लागेको हो ।पहिलो खेलमा ५५ रनले पराजित भएको नेपालले दोस्रो खेल १ रनको रोमाञ्चक जितका साथ श्रृङ्खला बराबरी गरेको थियो ।
गएको साउन २ गते इङ्ल्याण्डको लर्ड्समा भएको त्रिकोणात्मक श्रृङ्खला तथा नेदरल्याण्ड्समा भएको एकदिवसीय क्रिकेट श्रृङ्खला खेल्न नेपाल लण्डन पुगेको थियो ।त्यहाँ चार वटा अभ्यास तथा त्रिकोणात्मक श्रृङ्खला खेलेर नेपाली टोली नेदरल्याण्ड्स पुगेको हो ।नेपाली टोलीका सबै सदस्य भने सँगै नआउने भएका छन् । क्यारेबियन प्रिमियर लिग खेल्न युवा बलर सन्दीप लामिछाने उतैबाट जाने भएका छन् ।