धार्मिक रुपले प्रसिद्ध मानिने तुलसीको सेवनबाट आनेकौ फाईदा लिन सकिने ! जान्नुहोस् ?

प्रकाशित मिति:

हिन्दु धर्ममा पूजा गरिने तुलसी आयुर्वेदमा रामवाण औषधिको रुपमा प्रयोग गर्न सकिन्छ भन्दा अचम्म लाग्न सक्छ तर अचम्म नमान्नुहोस् आज हामी यसको प्रयोग र फाइदाको बारेमा चर्चा गर्नेछौँ ।

– नियमित खाली पेटमा तुलसीको जुुस पिउने गर्नाले स्मरण शक्ति बढ्छ

-तुलसीको जुसले ज्वरोलाई कम गर्न मद्दत गर्छ ।

– अनियमित महिनावारीको समस्याबाट पीडित महिलाहरुले तुलसीको दाना र पात सेवन गर्दा महिनावारी नियमित हुन्छ ।

– तुलसीको दानालाई नियमित सेवन गर्ने हो भने यौन दुर्बलता तथा नपुंषक हुने जस्ता जोखिमबाट बच्न सकिन्छ ।

– यदि तपाइलाई रुघा तथा हल्का ज्वरो आएको खण्डमा तुलसीको पातलाई मिश्री, मरिचमा मिसाएर पकाउने र पकाएको पानी पिउने गर्नाले समस्या समाधान हुन्छ ।

– अनुहारको छाला चम्किलो बनाउनको लागि तुलसीको लेप लगाउन सकिन्छ ।