एसईईको प्रश्नपत्र आउट गर्ने दुई प्रहरी जवान कारागार चलान

२३ बैशाख २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया
326 Shares


                                                                               ६ जनालाई धराटीमा रिहा गर्न आदेश

काठमाडौं – माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षाअगावै प्रश्नपत्र आउट गर्ने दुई जना प्रहरी जवानलाई पुर्पक्षका लगि कारागार चलान गरिएको छ । ६ जनालाई भने धराटीमा रिहा गर्न अदालतले आदेश दिएकाे छ । सिरहा जिल्ला अदालतका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको एकल इजलाशले प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेका प्रहरी जवानद्वय व्रह्मदेव यादव र दीपेन्द्र मण्डललाई पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको हो । इलाका प्रहरी कार्यालय, कल्याणपुर सिरहामा कार्यरत रहेका बेला दुवै जनाले प्रश्न पत्र आउट गराएका थिए । दुई जनालाई १ लाख ५० हजार र चार जनालाई १ लाख रुपैयाँ धरौटी लिएर रिहा गर्न पनि जिल्ला अदालत, सिरहाले आदेश दिएको छ ।

उक्त कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेका सप्तरीको राजविराज नगरपालिका १० निवासी विष्णुदेव यादव र अरोजकुमार यादवलाई जनही एक लाख ५० हजार रुपैयाँ तथा राजविराज १६ निवासी शिक्षक मनोज यादव, सप्तरीकै हनुमाननगर कंकालनी नगरपालिका १ निवासी १७ वर्षीय राजेश यादव, १७ वर्षीय उमेश यादव र ताराकान्त इसरलाई जनही एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले गत चैत १४ गतेको विज्ञान र १५ गतेको सामाजिक विषयको प्रश्नपत्र प्रहरी जवानद्वय यादव र मण्डलमार्फत परीक्षाअगावै सार्वजनिक भएको भन्दै उनीहरुलाई पक्राउ गरेको थियो । यी दुवैले इलाका प्रहरी कार्यालय कल्याणपुरमा राखिएको स्थानबाट प्रश्न पत्र निकालेर फोटो खिची ब्रहमदेवले इमोमार्फत आफ्नो दाइ विष्णुदेव यादवलाई पठाएको अनुसन्धानबाट खुलेको थियो । भाइ व्रह्मदेवले पठाएको प्रश्नपत्र विष्णुदेवले सामाजिक सञ्जालमार्फत शिक्षक मनोजलाई पठाएका थिए । त्यसपछि मनोजबाट उमेश हुँदै अन्य व्यक्तिसम्म प्रश्नपत्र पुगेको थियो । पक्राउ परेकामाथि प्रहरीले सरकारी लिखत कीर्ते र परीक्षा मर्यादाविपरीत कार्यसम्बन्धी मुद्दा चलाएको छ । – अनलाइनखबर 

फेसबुकबाट तपाईको प्रतिक्रिया



ताजा समाचार

  • नेपाली जनसंम्पर्क समिती अमेरीकाको अध्यक्षबाट गोरख (आनन्द)  बिष्टलाई हटाउने निर्णय
  • सबल नेपाल सप्तरी द्वारा स्वास्थ सामग्री सहयोग
  • आजको राशिफल हेर्नुहोस
  • साहित्यमा झरको सैद्धान्तिक अवधारणा
  • नेपालको विदेश नीति गम्भिर मोडमा, भारतीय मिडियाहरुको नेपालप्रति खेदजनक प्रस्तुती
  • ओली सरकारले फेरि बढायो इन्धनको मूल्य
  • सार्वजनिक सवारी नचलाउने यातायात व्यवसायी राष्ट्रिय महासंघको निर्णय
  • निजी विद्यालयलाई समेटेर राहत प्याकेज घोषणा गरियोस्
  • कोरोना प्रभावितलाई सहयोग गरी हरियाली बनाउने लक्ष्य सहित फलफूलका बिरुवा…
  • गिरिजा प्रसाद कोइराला फाउण्डेशनले संघ-सस्थाहरु मार्फत निशुल्क शुद्व दुध वितरण…