समाजवादी पार्टीको मन्त्र : प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, पूर्ण समानुपातिक संसद

प्रकाशित मिति:

काठमाडौं – संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीच एकता भएर गठन भएको समाजवादी पार्टी नेपालले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीलाई आफ्नो राजनीतिक एजेण्डा बनाउने भएको छ । २ दलबीच भएको सहमतिमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक संसदमार्फत राजनीतिक स्थायित्व र विकास खोज्ने सहमति भएको छ ।

पार्टी एकता घोषणा सभामा दुवै पार्टीबीच भएको सहमति फोरमका महासचिव रामसहाय प्रसाद यादवले वाचन गरेर सुनाएका छन् । पहिलो संविधान सभाको समयमा तत्कालीन माओवादी पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको बहस गरेको थियो ।नयाँ वैकल्पिक राजनीतिक शक्तिको उदय भएको दाबी उनीहरूले गरेका छन । प्रज्ञा प्रतिष्ठानमा जारी घोषणा सभामा डा. बाबुराम भट्टराई र उपेन्द्र यादवले एकता घोषणा पत्रमा हस्ताक्षर गरेका छन् ।

यस्तो छ दुवै पार्टीबीचको सहमति :-