नालापानीको युद्धमा आधारित बृत्तचित्र नालापानीको कथा न्युयोर्कमा देखाइयो !

प्रकाशित मिति:

न्युयोर्क – नेपालको चर्चित ऐतिहासिक घटना नालापानीको युद्धमा आधारित बृत्तचित्र नालापानीको कथा न्युयोर्कमा देखाइएको छ । नेपालको सैनिक इतिहासमा आधारित बृत्तचित्र क्वीन्स नेपलिज लायन्स क्लबको आयोजनामा देखाइएको हो ।

दिउसो ३ बजेदेखि लेफ्राक सिटी लाइब्रेरीमा देखाइएको बृत्तचित्रमा नेपालीको विरताको गाथा झल्किएको थियो । नालापानीको युद्धको ऐतिहासिकताबारेका कैयन रोचक प्रसंगहरुलाई समेटेर तयार पारिएको बृत्तचित्र सबै उमेर समुहका नेपालीहरुले हेरेका थिए ।