सुखको क्षण कस्तो लाग्छ ? हेर्नुहोस् आजको नीति वचन

प्रकाशित मिति:

सुदुखं शयितः पूर्वं प्राप्येदं सुखमुत्तमम् ।
प्राप्तकालं न जानीते विश्वामित्रो यथा मुनिः ।। – वाल्मीकि धेरै दुःख भोग पश्चात् जो सुख प्राप्त हुन्छ सो विश्वामित्रको जस्तै समय बितेको पत्तो हुँदैन । अर्थात् सुखको समय चाँडै सकिन्छ ।

अत्यन्त दुःख गरेर प्राप्त भएको सुखको बेग्लै आनन्द हुन्छ । सुखद् समय चाँडै सकिन्छ । अर्थात् कति चाडो वित्छ थाह नै हुँदैन । जसरी विश्वामित्र तप भङ्ग गरी मेनकासँग सहवासको बाह्र वर्षपछि मात्र आफू गलत बाटोमा लागेको बोध गरेर पुनः तपस्यारत भएका थिए । त्यसैगरी सुखको समय छोटो लाग्छ भने दुःखको अत्यन्त कठिन र लामो हुन्छ भन्ने नीति वचन मननी छ । – नारायणप्रसाद निरौला, ज्योतिषाचार्य, वास्तुविद् –

सुदुखं शयितः पूर्वं प्राप्येदं सुखमुत्तमम् ।  प्राप्तकालं न जानीते विश्वामित्रो यथा मुनिः ।। – वाल्मीकि धेरै दुःख भोग पश्चात् जो सुख प्राप्त हुन्छ सो विश्वामित्रको जस्तै समय बितेको पत्तो हुँदैन । अर्थात् सुखको समय चाँडै सकिन्छ ।