देशभर अहिलेसम्म ९० प्रतिशत रोपाई सकियो

प्रकाशित मिति:

देशभर अहिलेसम्म करिब ९० प्रतिशत धान रोपाइँ सम्पन्न भएको विवरण सार्वजनिक गरिएको छ । कृषि विकास मन्त्रालयले यही साउन १७ गते बिहीबारसम्म संकलन गरेको अभिलेखअनुसार देशका धेरै भागमा रोपाइँ सम्पन्न भएको छ ।

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाको सुकुटेक्षेत्रमा रोपाइँ गरिँदै । यस वर्ष समयमै पर्याप्त वर्षा भएकाले जिल्लाभर ४५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।

गतवर्ष साउनको दोस्रो साता ९यही अवधि० सम्म ७७ प्रतिशत मात्र रोपाइँ भएको थियो । अघिल्लो वर्ष भदौ १३ गतेसम्म ९५ प्रतिशत रोपाइँ भएकामा यसवर्ष साउनको अन्तिम सातासम्म ९८ प्रतिशत रोपाइँ हुने अनुमान मन्त्रालयले गरेको छ ।