बार्सिलोनाको सफलताका पछाडि पाँच खेलाडीको भूमिका

प्रकाशित मिति:

एजेन्सी – स्पेनिस ला लिगा च्याम्पियन बार्सिलोना विश्व फुटबलको सफल क्लब हो । बार्सिलोनाले क्लब फुटबलका प्राय सबै उपाधिहरु चुमिसकेको छ । बार्सिलोनाले २६ पटक स्पेनिस लालिगा, ३० कोपा डेल रे, १३ सुपर कप, ५ च्याम्पियन्स लिग, ५ युईएफए सुपर कप र ३ पटक फिफा क्लब विश्वकप जितिसकेको छ । अन्य घरेलु कप तथा युरोपियन कपसमेत बार्सिलोनाले हात पारिसकेको छ । बार्सिलोना यस सिजन पनि लालिगा र कोपा डेल रेको उपाधि नजिक छ । बार्सिलोनामा सयौं खेलाडीहरु उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।

बार्सिलोनाले यो सिजन ला लिगाको उपाधि हात पारी सकेको छ । बार्सिलोना कोपा डेल रेको फाइनलमा गुगेको छ भने च्याम्पियन्स लिगको सेमिफानलको पहिलो लेगमा लिभरपुललाई ३-० गोल अन्तरले हराउँदै आफूलाई बलियो बनाई सकेको छ । बार्सिलोनालाई यो सफलता दिन क्लबका सम्पूर्ण खेलाडीले ठूलो भुमिका खेलेका छन् । अन्तर्राष्ट्रिय पत्रिका ‘स्पोटर्स किडा’ले बार्सिलोनामा यस सिजन उत्कृष्ट प्रदर्शन गर्ने पाँच खेलाडीको चर्चा गरेको छ ।

बार्सिलोनामा यस सिजन उत्कृष्ट प्रदर्शन गर्ने पाँच खेलाडी :

५) टेर स्टेगन टेर स्टेगन हाल विश्व फुटबलमा एक उत्कृष्ट गोलरक्षको रुपमा रहेका छन् । उनी क्लबका लागि मुख्य खेलाडीको रुपमा रहेका छन् । उनले बार्सिलोनाका लागि खेलेका हरेक खेलमा जादुमय प्रदर्शन गर्दै आइरहेका छन् । जर्मनी राष्ट्रिय फुटबल टोलीका खेलाडी उनले बार्सिलोनाबाट १ सय १५ खेल खेलिसकेका छन् । उनी सन् २०१४ मा बार्सिलोना आएका थिए ।

टेर स्टेगनले यस सिजनमा पनि बार्सिलोनामा आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिएका छन् । उनले च्याम्पियन्स लिग तथा ला लिगामा बार्सिलोनालाई धेरै खेलहरु जित्नमा पनि सहयोग गरेका छन् । टेर स्टेगनको नाममा ला लिगामा यस सिजन १६ क्लिन सिट गरेका छन् । उनले च्याम्पियन्स लिगमा ६ क्लिन सिट गरेका छन् ।

४) लुइस स्वारेज बार्सिलोनाका उत्कृष्ट स्ट्राइकरका रुपमा रहेका लुइस स्वारेज पछिल्लो समय बार्सिलोनालाई धेरै खेलमा जित दिलाउन सहयोग गरिरहेका छन् । स्वारेजले भर्खरै मात्र सम्पन्न च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा लिभरपुलविरुद्ध खेलको २६ औँ मिनेटमा पहिलो गोल गरेका थिए ।

स्वारेजले ला लिगामा यस सिजन बार्सिलोनाबाट ४७ खेल खेल्दै २५ गोल गरिसकेका छन् । उनले १३ गोलका लागि पास पनि उपलब्ध गराएका छन् । ३२ वर्षीय उरुग्वे राष्ट्रिय टोलीका खेलाडी स्वारेज सन् २०१४ मा लिभरपुलबाट बार्सिलोना आएका थिए ।

३) जेरार्ड पिके क्याट्लोनिया राष्ट्रिय टोलीका खेलाडी जेरार्ड पिके बार्सिलोनाका मुख्य अंग हुन् । डिफेन्स लाइन समाल्ने पिके उत्कृष्ट हेडरको रुपमा पनि चिनिन्छन् । खेल समयमा निकै चलाखी अपनाउने पिकेले आफ्नो जादुमय खेल प्रदर्शनलाई हाल सम्म उस्तै तरिकाले खेलेका छन् । सन् २००८ मा म्यान्चेस्टर युनाइटेडबाट बार्सिलोनामा आएका उनले हाल सम्म क्लबका लागि हरेक सिजन उत्कृष्ट प्रदर्शन गर्दै आइरहेका छन् । पिकेले यो सिजन पनि क्लबका लागि ला लिगामा ३३ खेल खेल्दै ४ गोल गरेका छन् भने २ गोलका लागि सहयोग गरेका छन् । च्याम्पियन्स लिगमा १० खेल खेल्दै २ गोल गरि सकेका छन् ।

२) सजोर्डी आल्वा बार्सिलोनामा यो सिजन उत्कृष्ट प्रदर्श गर्ने खेलाडीको चौथो नम्बरमा छन् जोर्डी आल्वा । धेरै जसो खेलमा लियोनल मेस्सीका लागि पास उपलब्ध गराउने लेफ्ट ब्याक आल्वा पछिल्लो समय पनि बार्सिलोनामा उत्कृष्ट छन् । आल्वालाई बार्सिलोनामा सबै सिजन उत्कृष्ट फममा रहने खेलाडीको रुपमा चिनिन्छ । सन् २०१२ मा भ्यालेन्सीयाबाट बार्सिलोनामा आएका उनले क्लबका लागि धेरै खेलमा जित दिलाउन सफल छन् । यस सिजन ला लिगामा ३४ खेल खेलेका उनले २ गोल गरेका छन् भने ८ गोलका लागि पास उपलब्ध गराएका छन् । उनले हालसम्म क्लबका लागि १५ उपाधि जिताइसकेका छन् ।

१) लियोनल मेस्सी अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी आफ्नो पुस्ताकै सर्वकालिन महान खेलाडीमा गनिन्छन् । बार्सिलोनाबाटै फुटबल करियर सुरू गरेका मेस्सी बार्सिलोनाका लागि सदाबाहार उत्कृष्ट प्रदर्शन गर्दै आइरहेका छन् । मेस्सी अहिले बार्सिलोनाको एक मुख्य खेलाडीका रुपमा छन् । पाँच पटकका बालोन डि’ओर विजेता मेस्सी लालिगाका सर्वाधिक गोलकर्ता हुन् । भर्खरै मात्र च्याम्पियन्स लिगको सेमिफाइनल लेगमा दुई गोल गर्दै उनले बार्सिलोनाका लागि ६०० गोल पूरा गरेका छन् । मेस्सी यो सिजन हाल सम्म च्याम्पियन्स लिग र ला लिगाका सर्वाधिक गोलकर्ता हुन् । उनले ला लिगामा ३२ खेल खेल्दै ३४ गोल गरेका छन् भने १३ गोलका लागि पास उपलब्ध गराएका छन् । उनले च्याम्पियन्स लिगमा ९ खेलमा १२ गोल र ३ गोलका लागि पास उपलब्ध गराएका हुन् ।