मुख्यमन्त्री राउत भन्छन्- ‘हाम्रो पार्टीले सिंहदरबार कब्जा गर्ने हैसियत राख्छ’

२३ बैशाख २०७६, सोमबार ०   बिचार / प्रतिक्रिया


जनकपुर – प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आफ्नो पार्टीले सिंहदरबार कब्जा गर्ने हैसियत राख्ने बताएका छन् ।

नयाँ शक्ति पार्टी र संघीय समाजवादी फोरमबीचको औपचारिक एकता घोषणा सभामा उनले पार्टी नेतृत्व सक्षम र बौद्धिक भएकाले सिंहदरबार कब्जा गर्न कुनै कठिनाइ नरहेको बताए । पहिले क्षेत्रीय पार्टी भनेर ठूला भनाउँदा दलहरुले हेप्ने गरेको भए पनि अहिले हिमाल, पहाड, तराई सबैतिर पार्टी फैलिएको र आगामी दिनमा ज्ञ नम्बर पार्टी बन्ने उनको दाबी थियो । कांग्रेस र नेकपाजस्ता दलहरु समावेशी नभएको आरोप लगाउँदै उनले आफूहरुको पार्टीमा जस्तो बौद्धिक नेताहरु अरु पार्टीमा भए देखाउन चुनौती पनि दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया