अष्ट्रेलियाको ब्रान्ड ब्लुस्काई बुटवलमा शुभारम्भ !

प्रकाशित मिति:

बुटवल – ब्लुस्काई एजुकेसन एण्ड स्टुडेन्ट कन्सलटेन्सी सर्भिसेस बुटवल शाखाको आज एक कार्यक्रमका बिच औपचारिक रुपमा शुभारम्भ गरिएको छ । पूर्व रक्षामन्त्री एबम नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाडको प्रमुख आतिथ्यता रहेको शुभारम्भ कार्यक्रममा प्रदेश नम्बर ५ का लेखा समिती संयोजक डिल्ली चौधरीको बिशेष आतिथ्यता संगै अन्य अतिथीहरुको उपस्थिती थियो । कन्सलटेन्सीको उद्घाटन गर्दै कांग्रेस नेता खाडले विद्यार्थीको भरपर्दो आधार ब्लुस्काई एजुकेसन रहेको र कन्सलटेन्सीले सदैब सफलता प्राप्त गर्नेमा विश्वस्त रहेको बताउनुभयो ।

कन्सलटेन्सीको उद्घाटन गर्दै कांग्रेस नेता खाड

नेपालमा पहिलो पटक सबैभन्दा धेरै अष्ट्रेलियन कलेज र विश्वविद्यालय संग सम्बन्धन प्राप्त एक मात्र कन्सलटेन्सी ब्लुस्काई एजुकेसन एण्ड स्टुडेन्ट कन्सलटेन्सी सर्भिसेस रहेको शाखा प्रबन्धक टंक पाण्डेले जानकारी दिनुभयो । साथै ब्लुस्काईले नयाँ प्रबिधी बाट आइल्ट्स(IELTS) क्लासको सुरुवात गर्ने प्रबन्धक पाण्डेले बताउनुभयो ।

ब्लुस्काई बुटवल शाखाको कार्यालय राजामार्ग चौराहा ।

ब्लुस्काई बुटवल शाखाको कार्यालय राजामार्ग चौराहा ।
ब्लु स्काइले विद्यार्थीका लागि भिसा आवेदन
•आप्रवासन सल्लाह
•क्यारियर परामर्श
•भिसा साक्षात्कार प्रत्यायोजन
•पाठ्यक्रम र विश्वविद्यालय चयन
•विश्वविद्यालय प्रवेश
•पूर्व प्रस्थान सेवा
•डाक प्रस्थान सेवा
•विभिन्न विद्यार्थी स्वास्थ्य कभर (ओएसएचसी) लगायतका सेवाहरु प्रदान गर्ने गर्दछ ।

साथै टेस्ट तयारी कक्षाहरुतर्फ नयाँ प्रबिधीबाट IELTS ,PTE ,TOEFL रहेका छन ।