घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीको एक टोली आज बुटवलमा आई बुटवल र आसपास क्षेत्रमा संचालन भएका उद्योगहरुको नविकरण गरेको छ । रुपन्देही उद्योग संघको पहल र अनुरोधमा संघ कार्यालयमा आएको टोलीले आज एकै दिन ८४ उद्योगहरुको नविकरण गरेको संघका प्रमुख कार्यकारी अघिकृत यादव भण्डारीले जानकारी दिनु भयो ।
संघले हरेक बर्ष आफ्ना सदस्य उद्योगीहरुको सुविधालाई मध्यनजर गर्दै घरेलु कार्यालयसंग समन्वय गरि उद्योग नविकरणको व्यवस्था मिलाउँदै आएको संघका अध्यक्ष गणेशप्रसाद अधिकारीले बताउनु भयो ।